१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको भरमा नेपाल, किसानले असारमा मल नपाउने



अ+ अ-

काठमाडौ‌ं । सरकारले जीटुजी प्रत्रियाबाट मल खरिद गर्ने निर्णय गरे पनि तत्काल आउने सम्भावना न्युन देखिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोतका अनुसार अनुसार भारतको स्वामितवमा रहेको एमएमटी र एसटीसी कम्पनीले असराभित्र मल दिन नसक्ने पत्र पठाएका छन्।

‘जीटुजीका लागि दुई सरकारबीच सम्झौता भएको अवस्था छैन। मल खरिद गर्न पैसा पनि पठाएका छैनौँ’, ती अधिकारीले भने, यस्तो अवस्थामा असारमै मल दिन नसक्ने पत्र प्राप्त गरेका छौँ।’ मल अभाव भएपछि साताअघि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको थियो। गत बिहीबार सरकारी निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पनि जीटुजीबाट खरिद गर्ने निर्णय गराएको जानकारी दिएका थिए।

सरकारले निर्णय सार्वजनिक गर्नुअगावै ती दुई कम्पनीले तत्काल मल उपलब्ध गराउन नसक्ने जानकारी मन्त्रालयलाई गराएको थियो। ‘सरकारले निर्णय सार्वजनिक गर्नुअघि नै पत्राचार गरेको थियो’, ती अधिकारीले भने, ‘ती कम्पनीले पनि टेन्डर गर्नुपर्ने भएकाले सम्भव नभएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।