१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकमा यात्रा गर्दै गरेकी दुई महिला सामूहिक बलात्कार



अ+ अ-
सांकेतिक तस्वीर

काठमाडौं । लिखु तामाकोसी गाउँपालिका–७ मा दुई महिलामाथि सोमबार सामूहिक बलात्कार भएको छ । धोवीबाट ना७ख७२१५ नम्बरको ट्रकमा सदरमुकाम मन्थली जाँदै गर्दा उनीहरुमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

ट्रकका चालकसहितको समूहले सोमबार दिउँसो लिखु–तामाकोसी गाउँपालिका–तिल्पुङस्थित ढ्याग्रे जंगलमा दुई महिलालाई बलात्कार गरेको रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार धोवीबाट मन्थलीतर्फ आउने सवारीसाधन नपाएपछि दुई महिला ट्रकमा चढेर मन्थली फर्किँदै थिए । उनीहरुमध्ये एक विवाहित र अर्की अविवाहित रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।