१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीलाई पक्राउ गर्न ४ भारतीय प्रहरी अछाम पुगे



अ+ अ-

काठमाडौं । बिनाअनुमति नेपाल प्रवेश गर्ने चारजना भारतीय प्रहरीलाई नेपाल प्रहरीले मंगलबार पक्राउ गरेर भारतीय प्रहरीको जिम्मा लगाएको छ। एक भारतीय किशोरीलाई भगाएर नेपाल ल्याउने अछामका केशव टमटालाई पक्राउ गर्न बिनाअनुमति नेपाल आएका ती भारतीय प्रहरीलाई बान्नीगढ जयगढ गाउँपालिका–४ बाट नेपाल प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो।

ती भारतीय प्रहरीलाई जिल्ला प्रशासन कार्यालय अछामको निर्देशनमा प्रहरी सुरक्षासहित सीमानाका पार गराइएको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए। भारतीय प्रहरीलाई अछामबाट डोटी, डडेलधुरा, कैलाली हुँदै अड्डासार गरी नजिकको भारतीय प्रहरी कार्यालयमा बुझाइएको प्रजिअ श्रेष्ठले बताए।

भारतीय प्रहरी अफिसर अशोक पाण्डेको नेतृत्वमा चार जना बिनाअनुमति अछाम पुगेर नेपाली युवालाई पक्राउ गरेर लैजान लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नेपाली युवा टमटाले भारतको छत्तिसढ राज्यअन्तर्गत कोबरा जिल्लाकी १५ वर्षीया किशोरीलाई भगाएर ल्याएको निहुँमा भारतीय प्रहरी नेपाल प्रवेश गरेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।