१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयका कुलपतिको पदावधि सकिँदै, सत्तानिकटहरू आन्तरिक चलखेलमा



अ+ अ-

काठमाडौं । मुलुकका ११ मध्ये सात विश्वविद्यालय असोजभित्र पदाधिकारी हुँदैछन्। नयाँ नियुक्तिाका लागि ६ महिनाअगावै सुरु हुनुपर्ने प्रक्रिया सरकारले अघि बढाएको छैन।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतको पदावधि भदौमा सकिँदैछ। नेपाल संस्कृत विश्वविद्यालय, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको पदावधि असोजमा सकिँदैछ।

सबै विश्वविद्यालयका पदाधिकारी राजनीतिक दलको भागबण्डाका आधारमा नियुक्त हुने गरेका छन्। विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलको प्रतिवेदन २०७५ ले बहालवाला पदाधिकारीको कार्यकाल सकिन ६ महिनाअघि नै विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा ‘सर्च कमिटी’ गठन गर्न निर्देश गरेको छ।

सरकारले अहिलेसम्म पनि कमिटी गठन प्रक्रिया अघि बढाएको छैन। बरु सत्तानिकटका केही प्राध्यापक पदाधिकारी नियुक्त हुन आन्तरिक चलखेल भएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।