१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्छ : नेता तुलाधर

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्छ : नेता तुलाधर
अ अ+ अ-

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताउनु भएको छ । 

बिहीवार केन्द्रिय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउने क्रममा नेता तुलाधरले यस्तो बताउनु भएको हो । उहाँले गठबन्धनमा नेपाली काँग्रेस सहभागी नबने काँग्रेस स्वयंलाई घाटा हुने बताउनु भयो । नेता तुलाधरले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताउनु भयो । उहाँले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि आगामी निर्वाचनमा काँग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाउनु भयो । नेता तुलाधरले नेपाली काँग्रेसका सभापति एवं शीर्ष नेताहरु भने गठबन्धनसहित आगामी निर्वाचनमा जाने पक्षमा रहेको बताउनु भयो ।

नेता तुलाधरले भन्नुभयो, ‘गठबन्धनमा आवद्ध दलमध्ये नेपाली काँग्रेस प्रमुख दल हो । नेपाली काँग्रेसको इच्छा भएन भने नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्न पनि सक्छ । त्यो कुरा स्वयं नेपाली काँग्रेसलाई संस्थागत रुपमा भन्ने हो भने घाटा पनि हुनसक्छ । स्वयं नेपाली काँग्रेसभित्रको शीर्ष नेतृत्व पंक्तिले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका केही नेताहरुले उत्ताउलो बोल्ने जुन गरिरहनु भएको छ, त्यो सस्तो लोकप्रियताका लागि मात्रै हो भन्ने कुरा उहाँहरुकै नेताहरुले भन्नुहुन्छ । नेपाली काँग्रेसभित्र पनि त्यो कुरा छ । नेपाली काँग्रेसभित्र हिजो आन्तरिक चुनाव, महाधिवेशनमा चुनाव जित्नका लागि पनि त्यस्ता चर्को नारा, चर्को कुराहरु, उत्ताउलो कुराहरु अर्कालाई खसाल्ने कुरा, अर्काको आलोचना गर्ने कुराहरु, अर्कालाई उडाउने कुराहरु गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट उहाँहरु ग्रसित हुनुहुन्थ्यो । तिनै मनोविज्ञानबाट ग्रसित केही नेताहरु अब भोलिको चुनावमा आफ्नो पक्षहरुको पल्लाभारी गर्नका निम्ति यो कुरा गरिरहेको जस्तो लाग्छ । समग्रमा नेपाली काँग्रेसलाई म दोष दिन्न । नेपाली काँग्रेसको मुल नेतृत्व, संस्थापन पक्ष, सभापति लगायतका शीर्ष नेताहरु गठबन्धन कायम नै गरेर जानुपर्छ भन्नेमा हुनुहुन्छ । उहाँहरुलाई थाहा छ, गठबन्धन नेपाली काँग्रेसका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ ।’

नेता तुलाधरले गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय चुनावमात्रै नभइ प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताउनु भयो । नेता तुलाधरले चुनाव प्रचारप्रसारका लागि ५ हजारको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रिय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताउनु भयो ।