• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

करेन्ट लागेर सहचालकको मृत्यु



फाइल फोटो

बर्दिबास । महोत्तरीको मनराशिश्वामा करेन्ट लागेर तेल ट्यांकरका सहचालकको ज्यान गएको छ। जनकपुर उपमहानगरपालिका–८ का २५ वर्षीय उमेश यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जनाए।

बिहिबार राती मनराशिश्वा न.पा–८ स्थित भित्रि सडक खण्डमा सरपल्लोबाट मनरातर्फ जाँदै गरेको तेल लोड भएको ना ७ ख ११९५ नंको तेल ट्याङ्करले सडकको विद्युतीय तार झोल्लिन गई छुन खोज्दा तेल ट्याङकरका सहचालक यादवले सो तारलाई पन्छाउने क्रममा अचानक करेन्ट लागी गम्भीर घाइते भएका थिए ।उपचारको लागि जलेश्वर लाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।