• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   दुग्ध किसानहरुले सरकारसँग पसिनाको मूल्य माग गरेका हुन्: सांसद बाँस्कोटा ★   साउदी अरबका लागि राजदूतमा सिफरिस गरिएका अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी ★   कोशेढुङ्गा बन्यो तालिम ★   असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस्: सांसद पौडेल ★   टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम ★   एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल ★   सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ: सांसद साउद ★   मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल ★   सहज बन्दै बेनीका सडक ★   विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग

सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अब काठमाडौँमा पनि एक-एक भवन दिइने



काठमाडौं । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो। काम विशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरुले अब काठमाडौँमा पनि स्थायी सरकारी आवास पाउने भएका छन्।

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ। ललितपुरको सैँबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरुका लागि कोलोनी तयार हुने विभागले जनाएको छ।

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइने छ। प्रत्येक ब्लकमा दुईवटा भवन हुने छ। प्रदेशका प्रमुख र मुख्यमन्त्री काठमाडौँ आइरहने भएकाले स्थायी आवास चाहिएको सहरी विकासमन्त्री मोहम्मद इन्तियाक राईले बताए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।