२४ भाद्र २०८३, बुधबार
,
Latest
नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अब काठमाडौँमा पनि एक-एक भवन दिइने



अ+ अ-

काठमाडौं । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो। काम विशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरुले अब काठमाडौँमा पनि स्थायी सरकारी आवास पाउने भएका छन्।

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ। ललितपुरको सैँबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरुका लागि कोलोनी तयार हुने विभागले जनाएको छ।

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइने छ। प्रत्येक ब्लकमा दुईवटा भवन हुने छ। प्रदेशका प्रमुख र मुख्यमन्त्री काठमाडौँ आइरहने भएकाले स्थायी आवास चाहिएको सहरी विकासमन्त्री मोहम्मद इन्तियाक राईले बताए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।




भर्खरै