• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम ★   एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल ★   सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ: सांसद साउद ★   मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल ★   सहज बन्दै बेनीका सडक ★   विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग ★   धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता ★   दुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण ★   मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु ★   मन्त्रीले सांसद पर्खनुपर्दा…

सरकारको समीक्षा गरेर मन्त्री फेरिने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको बताएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिना पुगेको छ । निर्वाचनअघि पार्टीले गरेको चुनावी प्रतिबद्धताअनुसार अगाडि बढ्न नसकेको, मन्त्रीहरुको काम सन्तोषजनक नभएको, पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दा समेत अझै सांगठनिक एकता टुंगो लाग्न नसकेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पार्टी्भित्रैबाट आलोचना सुरु भएको छ ।

सरकारको समीक्षा गरेर अब मन्त्रीहरु पनि हेरफेर गर्नुपर्ने नेता खनालको भनाइ थियो । यसअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच पनि सरकारमा सहभागी मन्त्रीहरुले जनअपेक्षाअनुसार काम गर्न नसक्ने मन्त्रीहरु हेरफेर गर्ने सहमति भइसकेको छ । यद्यपि कुन मन्त्रीलाई हटाउने र कुन मन्त्रीलाई राख्ने भन्ने मापदण्डको भने तय भइनसकेको बताइएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् । उनले जनअपेक्षाअनुसार काम गर्न सकियो कि सकिएन भनी राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।