२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण



अ+ अ-
मान्म । कालिकोटको दुर्गम भेगमा रहेका दुई स्वास्थ्यचौकीमा प्रसूति गृहका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । वान हर्ट वल्डवाइड र भिडिसेफ नेपाल कालीकोटको आर्थिक सहयोगमा  पचालझरना गाउँपालिका–७ स्थित नानीकोट स्वास्थ्यचौकी र पलाता गाउँपालिका–२ स्थित धौलागोह स्वास्थ्यचौकीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।
भिडिसेफ नेपालका अध्यक्ष कल्पना रावलले बेबी वारमेर सेट, इमर्जेन्सी ट्वाइलेट, अटोक्ल्याब, स्टेचर, नर्मल फोल्डिङ बेड र म्याट्रिक, डेलिभरी सेट, इपी सेट, प्रक्नेन्ट टुल, ड्रम सेट, अक्सिजन सिलिण्डरलगायतका अत्यावश्यक उपकरण हस्तान्तरण गरिएकोे बताउनुभयो । “दुर्गममा रहेका स्वास्थ्यचौकीमा गर्भवती तथा सुत्केरीका लागि निकै समस्या हुने भएकाले स्वास्थ्यचौकीमा प्रसूतिगृहका लागि केही सामग्री प्रदान गरेका छौँ”, उहाँले भन्नुभयो, “यी सामग्री स्वास्थ्यचौकीका लागि सहयोगी बन्नेछन् भन्ने अपेक्षा राखेका छौँ ।”
जिल्लाका विकट क्षेत्रका स्वास्थ्य संस्थामा सञ्चालनमा रहेका प्रसूतिगृहका लागि अत्यावश्यक उपकरण सहयोगले गर्भवती तथा सुत्केरीका लागि केही राहत हुने पलाँता गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत हिमाल सञ्ज्यालले बताउनुभयो ।  “यी सामग्रीले प्रसूतिगृहमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई निकै सहजता हुने र प्रसूति सेवा थप प्रभावकारी हुनेछ” उहाँले भन्नुभयो, “विगतमा केही समस्या हुने गरेमा अहिले यी सामग्रीले केही सहजता आउने अपेक्षा गरेका छौँ ।”
उपकरणकै कारण सुत्केरी हुन आएकालाई बाहिर पठाउनुपर्ने समस्या अन्त्य भएको जनस्वास्थ्य अधिकृत सञ्ज्यालले बताउनुभयो । “सुत्केरी हुन आउनेहरूमा विगतमा प्रसूतिगृहमा सामग्री नहुँदा समस्या हुने गरेको थियो, अब सुत्केरी हुन गाउँपालिकाको केन्द्रमा जानुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो ।