२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट : बिना प्रतिष्पर्धा नै सुदूरपश्चिम फाइनलमा



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आज बिहानको खेल वर्षाका कारण प्रदेश नंं २ सँग प्रतिष्पर्धा नै नगरी फाइनलमा प्रवेश गरेको हो ।

“वर्षाका कारण समूह ए मा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको टिम फाइनल पुगेको हो ।” प्रतियोगिता प्राविधिक कमिटीका संयोजक विनय झाले भन्नुभयो, “वर्षाका कारण प्रतियोगिता अवधिभर चार वटा खेल अवरुद्ध हुनपुगे ।”

मौसममा आएको सुधारका कारण आज दिउँसोपछि सशस्त्र प्रहरीको एपिएफ क्लब र प्रदेश नं १ बीच दोस्रो सेमिफाइनल प्रतियोगिता हुने संयोजक झाले जानकारी दिनुभयो ।

आइतबार र सोमबार आएको वर्षाका कारण खेल मैदानमा पानी जमेपछि प्रतियोगिता सञ्चालन गर्न नसकिएको आयोजकको भनाइ छ । आयोजक महाकाली स्पोर्ट सोसाइटीले सोमबार राति अबेरसम्म विभिन्न प्रयास गरेर खेल मैदानको पानी हटाउने काम गरे पनि आज बिहानको प्रतियोगिता हुन सकेन । समूह बी को दोस्रो स्थानमा रहेको प्रदेश नं २ सेमी फाइनल खेल्न नपाउँदै बाहिरियो ।

बुधबार बिहान हुने फाइनल प्रतियोगिताबाट उपाधि विजेता टिमले रु चार लाखसहित पुरस्कृत हुनेछ भने दोस्रो हुने टिमले रु तीन र तेस्रो हुने टिम रु दुई लाख नगदसहित पुरस्कृत हुने आयोजकले जनाएको छ ।