१८ असार २०८३, बिहीबार
,
Latest
मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिदैँ, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन्’



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या । केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन् । यातना दिने, पुलिसले पक्रने यो पहिलो पटक होइन । सरकार, दूतावास सबैलाई बारम्बार जानकारी गराइएको छ । सरकारको नजर पुगोस्।’

उनले यो सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र हेलो सरकारलाई मेन्सन गरेका छन् । त्यससँगै एउटा तस्बिर राखेका छन्, जुन केन्याको लोकप्रिय दैनिक ‘नेसन’ को गत शनिबारीय अंकको प्रथम पृष्ठ हो । त्यसको मुख्य खबर छ, ‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन् ।’

समाचारभित्र केही युवतीको अनुहार नखुल्ने तस्बिर छ, जो त्यहाँका गैरकानुनी रात्रि–क्लबमा नाचिरहेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका नेपाली हुन्। त्यसको दायाँतिर हिरासतमा राखिएका एक विदेशी छन्, जो त्यस क्लबका सञ्चालक हुन् ।

केन्याको न्यालीस्थित न्यु रंगीला बारमा राति नाचिरहेका अवस्था प्रहरीले हालै छापा मारेर १२ नेपाली युवतीलाई पक्राउ गरेको हो । त्यसका सञ्चालक असिफ अमिराली अलिभाइ जेथालाई पनि गिरफ्तार गरी मुद्दा चलाएको छ ।

थापाका अनुसार एक दशकभन्दा लामो समयदेखि नेपालबाट युवतीलाई लगी अवैध क्लबमा नचाउने गिरोह सक्रिय छ । ‘पाँच–छ वटा क्लबमा कम्तीमा सय नेपाली युवतीलाई यो पेसामा सामेल गराइएको अनुमान छ’, वर्षौंदेखि अफ्रिकामा बस्दै आएका उनले भने, ‘तिनीहरू ललाईफकाई ल्याइएका हुन् ।’, समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।