१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो



अ+ अ-

काठमाडौं । विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् ।
तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली र विराटनगरमा ६–६ ट्रक रोकिएका छन् ।

‘विषादी परीक्षणका लागि भनेर भन्सार पास गरेका तरकारी र फलफूलका ट्रक रोकिएका छन्,’ उनले भने, ‘सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा अहिले व्यवसायी मर्कामा परेका छन् । अहिलेको प्रचण्ड गर्मीमा ट्रकभित्र तीन–चार दिनसम्म खाँदिएको तरकारी र फलफूल आधी त कुहिएरै नास हुन्छ ।’

नाकामा रहेका तरकारीका केही कन्टेर भारततिरै फर्किएको उनले बताए । ‘नेपालपट्टि ल्याएर पनि जाँचपास गरी समयमै हिँडाउन समस्या हुने बुझेपछि भारतीय सीमावर्ती क्षेत्रबाटै कन्टेनर फर्काइएको छ,’ उनले भने, ‘फर्काइएका कन्टेनर व्यवसायीले भारतीय बजारमै घाटा खाएर बिक्री गरेका छन् ।’

उनले भैरहवा, वीरगन्ज र काँकडभिट्टा नाकाबाट भित्रिन लागेका कन्टेनर फर्काएर करिब चार सय टन तरकारी भारतमै बिक्री गरेको बताए । व्यवसायीका अनुसार हाल भारतबाट आलु, प्याज, कागती, ठूलो गोलभेँडा, तितेकरेला, भेँडेखुर्सानी, काँक्रो, परबललगायत तरकारी आयात भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।