१८ असार २०८३, बिहीबार
,
Latest
मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिदैँ, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूह वार्तामा आउने, सरकारसंग राख्यो यस्तो माग



अ+ अ-

काठमाडौं । पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ ।

पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ ।

‘विभिन्न सम्पर्क सूत्रबाट वार्ताका लागि सरकारले पहल गरिराखेको छ,’ पार्टीका एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, ‘अब सम्भावना टर्यो, यता वार्तामा आउन भन्ने, उता हाम्रा साथीहरुको हत्या गर्ने । हामीलाई यो कदापि स्वीकार्य छैन ।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्ना तर्फबाट वार्ताको पहल गरिरहेको ती नेताको भनाइ रहेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।