१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूह फासिवादी : सञ्चारमन्त्री



अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको समूह मानवताविरोधि गतिविधिमा संलग्न भएको बताएका छन् । विप्लव समूहको गतिविधि समाजवादी र राजनीतिक चरित्रको नभएर फासिवादी अपराधिक भएकाले मानवताविरोधि भएको बतएका हुन् ।

सञ्चारमन्त्रालयमा आयोजित मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

‘मानिसको बाँच्न पाउने अधिकार शान्तिपूर्वक हिडडुल गर्न पाउने अधिकार स्वतन्त्रता पूर्वक आफ्ना व्यवशायहरु सञ्चालन गर्न पाउने अधिकारप्रति सो समूहले धावा बोलेका कारण प्रहरीले आफ्ना कारबाही अघि बढाएको हुनसक्छ, उनीहरू प्रतिक्रान्तिकारी उद्देश्य राखेर अघि बढेको र हिंसा र आतंकको सहारामा कस्को सेवा गर्न खोज्दैछन्,’ बाँस्कोटाले भने ।

सोही पत्रकार सम्मेलनमा क्लिन फिड लागु भएरै छाढ्ने बताए । ‘यो मिडयामा आएको समाजवाद हो, सबै मिडया र विज्ञापन व्यावसायीले सर्मथन र साथ दिएका छन् त्यसकारण लागु हुन्छ,’ उनले भने ‘जो सुकैले जे भनुन् यो लागु भएरै छोड्छ ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।