१८ असार २०८३, बिहीबार
,
Latest
मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिदैँ, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब छोरी जन्मिने बित्तिकै १० हजार, भैंसीलाई १६ सय भत्ता



अ+ अ-

जाजरकोट । जुनीचाँदै गाउपालिकाले अब छोरी जन्मिने बित्तिकै १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएका छ। गाउँ पालिकाले सार्वजनिक गरेको २०७६/७७ को बजेटमा यस्तो व्यवस्था गरिएको हो।

‘बैंक खातामा छोरी, सुरक्षा जीवनभरि’ कार्यक्रमअन्तर्गत साउन १ पछि गाउँपालिकाभित्र जन्मिने प्रत्येक छोरीको नाममा गाउँपालिकाले निःशुल्क बैंक खाता खोलेर १० हजार रुपैयाँ बचत गरिदिने घोषणा गरेको छ।

यसै गरी, भैंसीपालन व्यवसायलाई प्रदर्द्धन गर्न ‘एक कृषक, एक भैंसीपालन’ कार्यक्रम सञ्चालन गरी सुत्केरी भैंसीलाई १६ सयका दरले प्रोत्साहन रकम दिने बजेटमा व्यवस्था रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।