१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बोक्सी भगाउने’ भन्दै युवतीमाथि चरम यातना, माता प्रहरीको खोरमा



अ+ अ-

काठमाडौं । सिंहदरबारभन्दा केही सय मिटर नजिक र नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण हुँदा पनि प्रशासन मौन छ। आफूलाई धर्तीमाताका रुपमा चिनाउने विष्णु कुँवरले सार्वजनिक स्थलमै एक युवतीमाथि बर्बरतापूर्ण यातना दिएकी छिन्।

बुटवलबाट काठमाडौं आएकी कुँवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । उनले ‘तँ को होस्, छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ। कुँवरले ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको उक्त भिडियोमा देख्न सकिन्छ ।

प्रत्यक्षदर्शी मन्दिरकी पुजारी रबिना देउलाका अनुसार ‘धर्तीमाता’ कुँवर असार ५ गते ठूलो संख्यामा भक्तजन र अन्य माता लिएर भद्रकाली मन्दिरको दर्शन गर्न आएकी थिइन् । ११ बजेतिर मन्दिरमा प्रवेश गरेकी उनले डेढ घण्टा त्यहीं बिताएकी थिइन्।

मानिसको भिडले घेरेकाले उनलाई प्रहरीले सुरक्षासमेत दिएको थियो । कुँवरले आफू बुटवलबाट काठमाडौंका मठमन्दिर दर्शन गर्न आएको र बीस÷बाईस दिन यतै रहने बताएको पुजारी देउलाको भनाइ छ। उनले आफूले पनि माताले एक महिलाको टाउकोमा हातले हिर्काएको भन्ने सुनेको तर के कारणले हो भन्ने जानकारी नभएको बताइन्।

भिडियोमा कुँवरको पिटाइको पीडाले ती युवती ‘आइया, आइया, आमा, आमा’ भनेर चिच्चाएको सुनिन्छ । ‘निस्की निस्की, यस्तो गरिस्’ भन्दै चरम यातना दिइरहेको देखिन्छ। ‘कहाँ जाने, छोपिसकेछु मैले, कहाँ जाने हो मैले, चिन् । तेरो मासु खाम्ला, तँ को हो ? मैले देखेसी एकएक चिन्छु, बुझिस्’, कुँवरले उनलाई शारीरिक यातना दिँदै यसो भनेको भिडियोमा सुनिन्छ।, समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

यस्तै आफूलाई धर्ती माता बताएर युवतीलाई यातना दिने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरे पनि विस्तृत विवरण बताएको छैन ।

सामाजिक सञ्जालमा महिलाले युवतीलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी थालेको थियो ।

सामाजिक सञ्जालमा महिलाले युवतीलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी थालेको थियो ।