• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

मकवानपुरमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु, अन्य तीनजना बेहोस



फाइल फोटो

हेटौंडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य तीनजना बेहोस छन् ।मृत्यु हुनेमा १३ वर्षकी बुञ्जीमाया चेपाङ रहेकी छिन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार बुञ्जीमायाको तीनदिन अघि खाएको च्याउको कारण मृत्यु भएको हो भने यता उनको बुबा ४५ वर्षका दीपबहादुर, दाई १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएका छन् ।

उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।