१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरका लापरबाहीले मृत्यु हुनेको तथ्यांक संकलन गरिने



अ+ अ-

काठमाडौं । पछिल्लो समय बिरामीको सुुरक्षा विश्वव्यापी विषय बन्दै गएको छ । त्यसैले चिकित्सकीय कमजोरीका कारण मृत्यु हुनेको विषयमा राज्यको चासो पनि बढ्दै गएको छ । अमेरिकामा चिकित्सकको लापरबाहीका कारण प्रत्येक वर्ष दुई लाख ५० हजार बिरामीको मृत्यु हुने गरेको छ ।

अमेरिकास्थित रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुकले वर्षमा दुई लाख ५० हजार बिरामी अस्पतालमै मृत्युवरण गर्न पुग्छन् । नेपालमा भने यसको तथ्यांक न सरकारसँग छ, न अस्पतालहरूसँग नै । चिकित्सकका कारण बिरामीको मृत्यु हुनेक्रम बढेपछि सरकारले उनीहरूको तथ्यांक राख्न अस्पतालहरूलाई निर्देशन दिने भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।