• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

ईपीजी प्रतिवेदन छिट्टै बुझी कार्यान्वयनमा आउन्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध पुनरवलोकन गर्न बनेको प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन छिट्टै कार्यान्वयनमा जाने बताएका छन् ।

परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शनिबार आयोजित राष्ट्रिय विदेश नीति संवादमा उहाँले प्रतिवेदन दुवै सरकार प्रमुखले चाँडै बुझेर कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका हुन् ।

“भारतसँगको सम्बन्ध पुनरवलोकन गर्न बनाएको ईपीजीको प्रतिवेदन बुझाउने वातावरण बनिरहेको देखेको छु । त्यसपछि कार्यान्वयनमा कसरी अघि बढाउने भन्ने चरणमा प्रवेश गर्नेछौँ”, उनले भने । उनले भारत र चीन दुवैसँग नेपालको सम्बन्ध सङ्लिएको उल्लेख गर्दै राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सार्वभौमिक समानताका आधारमा सम्बन्ध अघि बढाइएको बताए ।

उनले परराष्ट्र नीति विभाजित हुन नसक्ने बताए । “हाम्रो वैदेशिक सम्बन्ध र परराष्ट्र नीति साझा चासोको विषय हो । यस विषयमा सिङ्गो देश एउटै नीति र भाषामा बोल्नुपर्छ”, उनले स्पष्ट पारेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।