२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रमः झारपात गोडमेलमै साढे चार करोड



अ+ अ-

काठमाडौं । गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ फाँडे ।

वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे । टिपनटापन काम गरेर करिब एक घण्टामै टोली त्यहाँबाट निस्कियो । बेल्चा, हसिया र कोदालो बोकेका ती व्यक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममा छानिएका कामदार थिए ।

कार्यक्रमका लागि दुई सय ४७ जना छनौटमा परे पनि दुई सय २६ जना काममा आएको नगरपालिकाले जनाएको छ । ती कामदारलाई असार महिनाभर गौसाला, वनवाटिका, नगरका केही विद्यालय र ६ लेन सडक किनारको झारपात र टिपनटापन र गोडमेलको जिम्मा दिइएको छ । यो नगरमा यसअघि टोल , वडा र नगरव्यापी सरसफाइका कार्यक्रममार्फत ६ लेन तथा भित्रि सडक, बस्ती, स्कुल, पार्क सरसफाइ गरिन्थ्यो । तर अहिले तीनै कामका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा ७० लाखको बजेट खर्च गरेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।