१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर


कास्की । कास्कीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

केही दिनयता कोत्रेस्थित सानीआमाको घरमा बस्दै आएका उनी साथीसँग पौडी खेल्न गएका थिए । तीन साथी मिलेर पोखरीमा पौडी खेल्ने क्रममा डुबेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । बालकको शव डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र गोताखोरले टोलीले साँझ ८ बजे पोखरीबाट निकालेको प्रहरीको भनाइ छ ।