२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

म हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, चुनावसम्म टिकिरहन मैले जित्नु आवश्यक छ– देउवा

म हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, चुनावसम्म टिकिरहन मैले जित्नु आवश्यक छ– देउवा
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनु भएको छ । 

आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनु भएको हो । 

प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकोले पनि जित्नै पर्ने दबाव रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानिय तहदेखि केन्द्रिय तहसम्मको सरकार बनाउने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘तपाईहरुले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो, अहिले कति हलुका भएको छ । त्यसैले अहिलेको बेला यो काँग्रेस पार्टी जित्नु जरुरी छ । काँग्रेस पार्टी जितेको खण्डमा मात्रै अगाडि बढ्न सक्छ । त्यसका लागि यो महाधिवेशन अत्याधिक महत्वपूर्ण छ । यो महाधिवेशनमा मैले पनि उम्मेदवारी दिएको तपाईहरुलाई थाहा नै छ । अत्याधिक बहुमतले मलाई जिताउनु भयो भने अवश्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु । अर्को कुरा म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ । राष्ट्रिय चुनावसम्मका लागि । 

त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले । त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ । पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ । त्यसैले अहिलेको बेला, मैले कसैलाई मेरो खिलाफ उठेकोमा मेरो बिरोध होइन । तर मेरो यो अन्तिम बेला हो । म ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएको छु । यदि म जितेको खण्डमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीहरुलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरुको सरकार बनाउन सक्नेछु । त्यसैले मैले पार्टी सभापति जित्नु आवश्यक छ । नत्र भोलिपल्टै शेरबहादुर त हा¥यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन् । प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ ? अघिल्लो पटक के भएको थियो हालत ? त्यसकारण प्रधानमन्त्री नेपाली काँग्रेसको हुनु आवश्यक छ । मैले हुन आवश्यक छ ।’

उहाँले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली काँग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धतासमेत जनाउनु भयो । प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने बताउनु भयो । प्रधानमन्त्री देउवाले प्रजातन्त्र आजको आवश्यक्ता भएको उल्लेख गर्नु भयो । उहाँले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा भएको कोलाहल आफू नेतृत्वमा पुगेपछि शान्त भएको बताउनु भयो । प्रधानमन्त्री देउवाले अहिलेको समयमा काँग्रेस पार्टीले जित्न जरुरी रहेको र आफ्नो पार्टीले जितेको खण्डमा मात्रै देश अघि बढ्न सक्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो संविधान नेपाली जनताले बनाएको संविधान हो । यो संविधानले सम्पूर्ण देशका दाजुभाई, दिदिबहिनीहरु हरेक वर्ग, लिङ्ग लगायत मधेशी, महिला, दलित, जनजाती, आदिवासी, अल्पसंख्यक समुदाय समेट्ने किसिमको संविधान बनेको छ । यसमा सबैले आदिवासी प्रतिष्ठान छ, आदिवासीको संस्कृति बचाउनको लागि । दलित आयोग बनेको छ । मुस्लिम आयोग छ । त्यस्तै थारु, सबैलाई समेटेको छ । 

यो देशमा भएका जातजातीहरुलाई अटाएर बनेको संविधान छ । यो संविधानको सफल कार्यान्वयन भइरहेको छ । अझ अगाडि बढ्नेछ । त्यसैअन्तर्गत हाम्रो पार्टीले पनि आदिवासी, जनजाती, लगायतका सबैभन्दा पछाडि परेको कर्णाली, दलित, जनजाती, मुस्लिम, महिला सबैलाई हामीले आरक्षण दिएका छौँ । हाम्रो नेपालमा ३३ प्रतिशत महिलाहरुलाई आरक्षण दिएका छौँ । जनजाती, आदिवासीलाई आरक्षण दिएका छौँ । त्यसै आधारमा नेपाली काँग्रेसले पनि आफ्नो पार्टीलाई सबैको पार्टी बनाएको छ । सबैको पार्टी बन्नमा सहयोग गरेको छ । भोलिका दिनमा यो सबैको पार्टीका रुपमा जो हामीले पार्टीलाई अघि बढाएका छौँ । यो पार्टीलाई कुनै एक व्यक्तिको नभइ सबैको पार्टी बनाउने छौँ । तपाईहरु अधिकारका लागि पनि पार्टी भित्रै लड्नुस् । अर्कोतिर राष्ट्रमा प्रजातन्त्र भएको खण्डमा मात्रै आफ्ना अधिकारहरुको लागि लड्न सकिन्छ । प्रजातन्त्र नै भएन भने के हुन्छ अवस्था ? त्यसकारण प्रजातन्त्र आजको आवश्यक्ता हो । जरुरी हो ।’

प्रधानमन्त्री देउवाले नेपालको संविधान बचाउन, आदिवासी, जनजातीको हक अधिकार सुनिश्चित गर्न, महिलाहरुलाई उचित अधिकार प्रदान गर्न आवश्यक रहेको बताउनु भयो ।