• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

चोरीको २६ थान मोटरसाइकसहित चार जना पक्राउ



चितवन । चितवन प्रहरीले चोरीको मोटरसाईकल कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर २१ बस्ने २१ वर्षीय रोहित श्रेष्ठ, बाराको कलैया नगरपालिका–८ बस्ने १९ वर्षीय कृष्ण शाह, कलैया–३ बस्ने १८ वर्षीय महाविर चौधरी र भारतीय नागरिक १४ वर्षीय राजा कुमार रहेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ले जानकारी दिए ।

भरतपुर महानगरपालिका–२० शारदानगरस्थित रोहित मोटरसाइकल वर्कशपमा नेपाल र भारतबाट चोरीका मोटरसाइकल ल्याई पाटपूर्जा विक्री वितरण हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खनतलासी गर्दा पाटपूर्जा र २६ थान मोटरसाइक समेत बरामद गरेको छ ।