१४ आश्विन २०८१, सोमबार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोश्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय गर्ने भएको छ । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये नौ एजेन्डामा छलफल गरेर निर्णयमा पुगेको र आजको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत छ एजेण्डामा छलफल गरेर निर्णय गर्ने जानकारी दिनुभयो । 

पहिलो दिनको बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन, फागुन मसान्तसम्म सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसैगरी एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गर्नाका साथै पार्टीको विधानमा आवश्यक सम्पादन गरी प्रकाशन गर्न र पार्टीको नियमावली संशोधन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेता खगराज अधिकारी र रमेश बडाल सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरिएको छ । 

त्यस्तै बैठकले आगामी पाँच वर्ष नेकपा (एमाले) पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन गर्ने र पाँच वर्षभित्र बल्खुमा पार्टी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न गरेर प्रविधिमैत्री भवन बनाएर सर्ने, आगामी पुस भरिमा जिल्लामा आवश्यक तयारी गरेर माघ र फागुनभरिमा पार्टी विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गराउँदै महाधिवेशनका सन्देशसमेत प्रवाह गर्ने अभियान चलाउने निर्णय गरेको छ ।