५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनसँगै बढ्यो रोगको जोखिम, यस्ता छन् बच्ने उपाय



अ+ अ-

काठमाडौं । वर्षायामको सुरुआतसँगै काठमाडौँमा सरुवा रोगको प्रकोप पनि बढेको पाइएको छ । यस्तो रोगको जोखिम बढ्न सक्ने भएकाले चिकित्सकले सतर्क रहन सुझाएका छन् । वर्षायाममा खासगरी पानीका कारण झाडापखाला, टाइफाइट र जन्डिसजस्ता रोगको जोखिम बढ्नसक्ने देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ शेरबहादुर पुनले अरु सामान्य समयभन्दा वर्षा र गर्मीको समयमा सरुवा रोगको जोखिम बढी हुने बताए । पानीको शुद्धता र खानेकुरामा सावधानी अपनाउन पर्ने उनको सुझाव छ ।

वर्षा याममा पानीका मुहान दूषित हुने र त्यस्तो पानी निर्मलीकरण नगरी प्रयोग गर्दा विभिन्न रोग देखापर्ने डा. पुन बताउँछन् । झाडापखाला, टाइफाइट स्क्रब टाइफस, जन्डिसलगायतका रोग पानीजन्य समस्याबाटै लाग्ने गर्दछ ।

राजधानी तथा बाहिरतिर सर्पदंशको समस्या पनि उत्तिकै देखिन थालेको छ । सर्पदंश रोग नभए पनि गर्मीको समयमा यसको समस्या लिएर अस्पताल आउने मानिसको संख्या बढ्ने डा.पुन बताउँछन् ।
स्क्रब टाइफस मुसामा लाग्ने एक प्रकारको किर्नाजस्तै ‘माइट’ नामक संक्रमित हो । यस जीवाणुले टोकेमा यो रोग लाग्छ । मानिसबाट मानिसमा नसर्ने यो रोग मुसाको एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि माइट जातको किर्ना झारमा झर्छ ।

त्यसैले यस मौसममा खासगरी खानेपानी र खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यो मौसममा विशेषगरी पेट दुख्ने, दिसामा रगत देखिने, ज्वरो आउने, शरीर थाक्ने, कुनै पनि खानेकुरा खान मन नलाग्ने हुन्छ । यदि यस्तो महसुश शरीरलाई भएमा तुरुन्त स्वास्थ्य केन्द्र या अस्पताल जानुपर्र्ने चिकित्सक बताउँछन् ।