३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

मनसुनसँगै बढ्यो रोगको जोखिम, यस्ता छन् बच्ने उपाय

मनसुनसँगै बढ्यो रोगको जोखिम, यस्ता छन् बच्ने उपाय
अ+ अ-

काठमाडौं । वर्षायामको सुरुआतसँगै काठमाडौँमा सरुवा रोगको प्रकोप पनि बढेको पाइएको छ । यस्तो रोगको जोखिम बढ्न सक्ने भएकाले चिकित्सकले सतर्क रहन सुझाएका छन् । वर्षायाममा खासगरी पानीका कारण झाडापखाला, टाइफाइट र जन्डिसजस्ता रोगको जोखिम बढ्नसक्ने देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ शेरबहादुर पुनले अरु सामान्य समयभन्दा वर्षा र गर्मीको समयमा सरुवा रोगको जोखिम बढी हुने बताए । पानीको शुद्धता र खानेकुरामा सावधानी अपनाउन पर्ने उनको सुझाव छ ।

वर्षा याममा पानीका मुहान दूषित हुने र त्यस्तो पानी निर्मलीकरण नगरी प्रयोग गर्दा विभिन्न रोग देखापर्ने डा. पुन बताउँछन् । झाडापखाला, टाइफाइट स्क्रब टाइफस, जन्डिसलगायतका रोग पानीजन्य समस्याबाटै लाग्ने गर्दछ ।

राजधानी तथा बाहिरतिर सर्पदंशको समस्या पनि उत्तिकै देखिन थालेको छ । सर्पदंश रोग नभए पनि गर्मीको समयमा यसको समस्या लिएर अस्पताल आउने मानिसको संख्या बढ्ने डा.पुन बताउँछन् ।
स्क्रब टाइफस मुसामा लाग्ने एक प्रकारको किर्नाजस्तै ‘माइट’ नामक संक्रमित हो । यस जीवाणुले टोकेमा यो रोग लाग्छ । मानिसबाट मानिसमा नसर्ने यो रोग मुसाको एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि माइट जातको किर्ना झारमा झर्छ ।

त्यसैले यस मौसममा खासगरी खानेपानी र खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यो मौसममा विशेषगरी पेट दुख्ने, दिसामा रगत देखिने, ज्वरो आउने, शरीर थाक्ने, कुनै पनि खानेकुरा खान मन नलाग्ने हुन्छ । यदि यस्तो महसुश शरीरलाई भएमा तुरुन्त स्वास्थ्य केन्द्र या अस्पताल जानुपर्र्ने चिकित्सक बताउँछन् ।