१४ आश्विन २०८१, सोमबार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः क–कसले लिए उम्मेदवारी फिर्ता ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत सदस्य रहेका समितिले जनाएको छ । 

यसैगरी सदस्यहरुमा जङ्गीलाल राय, सञ्जयकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा दलित, सीताराम महतो मधेशी, जुनाकुमारी दानी, दीपक अधिकारी, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल, बिना पौडेल, भक्तबहादुर बलायर, माया राना, गोपीलाल विक, मीनाकुमारी थापा, विष्णु पौडेल, अनु गुरुङ, शकुन्तला थापा, महेशकुमार कोर्मोचा, सिंहबहादुर राना र सङ्गीता मण्डलले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
 
यस्तै केन्द्रीय सदस्यका उम्मेदवार सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत, माधवप्रसाद आचार्य, केशवबहादुर चन्द, बिमल धमला, नीरबहादुर विक, राजुराज जोशी, गजेन्द्रबहादुर हमाल, रवीन्द्रमान श्रेष्ठ, दामोदर भुसाल, हरिमोहन भण्डारी, गणेशबहादुर खत्री, लोकप्रसाद सङ्ग्रौला, महेश नेपाली, बाला अधिकारी, मुरारिप्रसाद आचार्य, डा खगेन्द्र पाण्डव अधिकारी, देवराज भट्टराई, टेकनारायण महतो, राजेन्द्र जैसवाल, पार्वती शाह, इस्तियाक मोहमद खाँ, वीरवल राई, केशव थापा, माया क्षेत्री बराल कार्की, भूमिप्रसाद राजवंशी, प्रकाश महर्जन, रोहित विश्वकर्मा, टेकनारायण पाण्डे, देवीप्रसाद चौधरी, उत्तमप्रसाद चापागाइँ, युवराज गुरुङ, तीलप्रसाद सुब्बा र राजु गोर्खालीले पनि आफ्नो उम्मेदवारी मनोनयनपत्र फिर्ता लिनुभएको छ ।