१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

मापदण्डविपरीत सडक बनाउँदा बस्ती जोखिममाः स्थानीयवासी चिन्तित

मापदण्डविपरीत सडक बनाउँदा बस्ती जोखिममाः स्थानीयवासी चिन्तित
अ अ+ अ-

बनेपा । स्थानीय तहले विकासका नाममा जताततै डोजर लगाएर सडक खनेपछि त्यसको गम्भीर असर देखिन थालेको छ ।  कुनै अध्ययन र योजनाबिना डोजरले खोस्रेका सडक विनाशकारी बन्दैछन् ।  यस्ता सडकमा सवारी दुर्घटना भएर कयौंले अकालमै ज्यान गुमाएका छन् ।

यिनै सडकका कारण वर्षामा पहिरो गएर कयौं घर भत्की दर्जनौं परिवार विस्थापित पनि भएका छन् । सम्भाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधानलाई लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाडलाई चिथोर्दा यहाँका कयौं बस्ती जोखिममा परेका छन् । “विकासका नाममा विनाश गरेको छ”, काभ्रेपलाञ्चोक आफ्रेका स्थानीयवासी उत्तरमान घिसिङले भन्नुभयो, “वर्षामा सडकको पहिराले कतिपयको घर र कमाउने जमिन सबै पुरिएर उठिबास बनाएको छ ।” 

माथितिर बस्ती, तलतिर महादेवटार खोला र त्यसको माथिबाट खनेको सडकका कारण खसेको ढिस्कोले ठाउँ–ठाउँमा नयाँ खोलेको सडकमा यातायातको साधन गुडाउन मुस्किल छ । त्यही मुस्किलकै बाबजुद खोलेको कच्ची सडक भएर जिल्ला सदरमुकामसम्म यहाँका नागरिक दैनिक आवत्जावत् गरिरहेका छन् ।

काभ्रेपलाञ्चोकको विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिका–५ को तीन खुट्टेहुँदै वडा नं ६ को बालखोप र घ्याब्रिङहुँदै पालिका केन्द्र देवीटार जोड्ने सडकको ट्र्याक निकै मुस्किलका साथ करिब एक वर्ष अगाडि खोलिएको छ । तर त्यसरी खोलिएको सडकदेखि माथिबाट ठाउँ–ठाउँमा खसेको पहिरा खस्दै आएको छ । कालोपत्र गर्ने कामका लागि भन्दै झरेको पहिराको ढुङ्गा निकाल्दै खन्न थालेपछि अर्को ठूलो पहिराको रुप लिदै आएको छ । पहिराको उच्च जोखिम देखिएपछि सडक विस्तारको काम रोक्न स्थानीयवासी र गाउँपालिकालेसमेत निर्माण व्यवसायीलाई पटक–पटक आग्रह गर्दै आएको छ । सडक विस्तारको काम रोक्न गरेको पटक–पटकको आग्रहलाई निर्माण व्यवसायीले नमानेपछि महाभारत गाउँपालिका–६ आफ्रे, बालखोप र घ्याब्रिङका स्थानीयवासी चिन्तित भएका छन् । 

सडक निर्माण हुँदा खुसी भएका स्थानीयवासी अहिले खसेको पहिरा मेसिन लगाएर हटाउँदा बस्ती नै जोखिममा पर्न थालेपछि निकै चिन्तित भएका छन् । “मेरो घर पहिराले बग्नै लागिसक्यो, त्यसको लागि ध्यानाकर्षण गर्न वडादेखि गाउँपालिकाको कार्यालयमा समेत निवेदन दिएर सम्बन्धित ठेकेदारदाई आग्रह गर्न लगाउँदा पनि वास्ता गरेन”, सडक कालोपत्र अनुगमनका लागि पुग्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नेतृत्वको टोलीसमक्ष घिसिङले भन्नुभयो, “हामीलाई यो ढुङ्गा निकाल्ने कामले सुकुम्बासी बनाउने भयो । तत्काल त्यो काम रोक्नुप¥यो ।”

सोही वडाका अर्का स्थानीयवासी भरतबहादुर थापा मगरले सडक खन्ने क्रममा आफ्नो घर र बारिसमेत पुरिसकेको गुनासो गर्दै बस्ने घर सुरक्षित बनाउन आग्रह टोलीसँग आग्रह गर्नुभयो । “मेरो बस्ने घर सबै पुरिसकेको अवस्था छ”, उहाँले भन्नुभयो, “झन पानी पर्ने बेलामा त्यस्तो घरमा कसरी बास बस्ने रु” आफूहरुले भन्दा नमानेको भन्दै बागमती प्रदेश मन्त्रालयका सचिवबाट सो समस्या समाधानका लागि पहल गरिदन उनीहरले आग्रह  गर्नुभयो । 

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण व्यवसायीले जथाभावी ढुङ्गा निकाल्ने र जोखिमयुक्त ठाउँको ढुङ्गा निकाल्दै प्रयोग गरिरहेका कारण बस्ती जोखिममा परेको बताउनुभयो ।  जथाभावी ढुङ्गा प्रयोग नगर्न पटक–पटक आग्रह गर्दै पत्र पठाउँदासमेत त्यसको सुनुवाइ नगरेको उहाँको भनाइ छ । 

स्थानीयवासीको गुनासोपछि बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सचिव यमलाल भुषालले भौतिक पूर्वाधार मन्त्रलायका सचिव अशोककुमार साहलाई सम्बन्धित निर्माण कम्पनीको ठेकेदारलाई बोलाएर कुरा गर्न आग्रह गर्नुभएको छ । भौतिक पूर्वाधार मन्त्रलायका सचिव अशोककुमार साहले आफुले सम्पर्क गरिसकेको र भेटेपछि स्थानीयवासीको समस्याको विषयमा गम्भीर रुपमा कुरा राख्ने बताउनुभयो । महाभारत गाउँपालिकाको तीनखुट्टे देबीटार सडकखण्डको ८।७ किलोमिटर सडक कालोपत्र गर्नका लागि रु २५ करोड ८२ लाख १० हजारमा २०७९ असार ३० गतेभित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको थियो । सो सडक अहिले फराकिलो बनाउने, ग्याबिङ वाल लगाउने र गिटी बनाउनेलगायतका काम भइरहेको छ । 

पक्की सडक सञ्जाल जोड्दै र नियमित रुपमा यातायात सञ्चालन गर्ने सपना पूरा गर्नका लागि अहिले सङ्घ र प्रदेश सरकारको बजेट व्यवस्थापनमा गाउँपालिकाले आवश्यक पहल गरिरहेको अध्यक्ष जिम्बाले भन्नुभयो । सो गाउँपालिकामा त्यसबाहेक पालिका केन्द्र देवीटारदेखि डबली घर्तीछापसम्म बागमती प्रदेश सरकार र गाउँपालिकाको समपूरक बजेट रु दुई करोडबाट सडक स्तरोन्नतिको काम भइरहेको छ । 

त्यस्तै वडा नं ८ को घर्तीछापमा निर्माण भइरहेको दश शय्याको अस्पताल भवन र गाउँपालिकाको भवन निर्माण कार्यसमेत सो टोलीले अनुगमन गरेको छ । टोलीमा सचिव यमलाल भुषाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्मा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साह र महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा रहेको छ । (रासस, पेमा लामा)