१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखको कसले संरक्षण गर्ने ? महानगर कि सरकार ?



अ+ अ-

काठमाडौं । राजधानीमा रोपिएको रुखको कसले संरक्षण गर्ने ? महानगरपालिकाले कि सरकारले ?

देशको राजधानी काठमाडौंकोको सडक किनारामा रोपिएका विरुवाको संरक्षण गर्ने जिम्मा सरकारको हो । तर राजधानीलाई हरियाली बनाउने जिम्मा लिएको महानगरपालिकाले सबै विरुवा संरक्षण गर्ने जनाएको छ ।

सरकारको स्वामित्वमा रहेको वन कार्यालयले राजधानीको विभिन्न सडक छेउमा वृक्षरोपण गरेको थियो । चक्रपथमा रोपिएका विरुवाको संरक्षण वन विभागले गर्ने भएतापनि त्यसको रेखदेखको जिम्मा स्थानीय निकायको हुने प्रावधान छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जुन निकायले जस्तोसुकै भनाई अघि सारेपछि संघीय राजधानीको सडक छेउको विरुवा संरक्षण गर्ने काम कामपाकै भएको बताउनुहुन्छ । वन कार्यालयसंँग पानीको ट्याङ्कर र जेट मेशिन छैन, कसरी बोट बिरुवा संरक्षण गर्छन्, उनको प्रश्न छ ।

मेयर शाक्यले कामपा र अन्य सरोकारवाला निकायको सहयोगमा विरुवा संरक्षण गर्ने योजना रहेको बताए । भने–सरकारले राजधानीमा रोपेको बिरुवा मर्न दिदैनौं, यसलाई जसरी भएपनि संरक्षण गरी देशको संघीय राजधानीलाई हरित राजधानीको रुपमा बिकास गर्ने समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।