३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

फेसियल किन र कसरी गरिन्छ ?

फेसियल किन र कसरी गरिन्छ ?
अ+ अ-

अनुहारमा भएको अनावश्यक फोहोर ,दाग र रिंकल हटाउन फेसियल गर्ने गरिन्छ । प्रकृया मिलाएर फेसियल गरिएन भने त्यसले अनुहारमा थप समस्याहरु आउन सक्छन् । समय मिलेसम्म तोकिएको समयमा फेसियल गर्नुपर्छ । फेसियल अनुहार चम्काउन र सुन्दर देखाउन निकै राम्रो विकल्प मानिन्छ । फेसियल भनेको स्किन मेन्टेन गर्नु हो। रिंकल कन्ट्रोल, दाग कन्ट्रोल गर्न अपनाइने प्रक्रिया हो।

फेसियलले फोस्रो अनुहार आकर्षण देखिनुको साथै हामीलाई कम उमेरको देखिनमा मद्दत पुर्याउछ । फेसियल गर्दा अनुहारको सफाई भित्रै देखि हुन्छ मसाज गर्दा रक्त संचार सहि रुपमा हुन्छ यो अनुहारको छालाको लागि अतिनै राम्रो हो ।

फेसियलले अनुहारमा थप चमक ल्याउछ, अनुहारको सुक्खापनलाई हटाइ छालामा चमक ल्याउछ, चाउरीपन हुन दिदैनअनुहारमा हुने अनावश्यक दाग,कोठीहरु ब्ल्याकहेड, हवाइटहेड हटाउन सहयोग पुग्छ ।

क्लिन्जिङः अनुहारमा छालाको प्रकार तथा समस्या अनुसार बजारमा उपलब्ध उच्च गुणस्तर युक्त प्रसाधनको प्रयोग गरी छालालाई सफा गर्नुपर्छ ।

एक्फलोटिङः नर्मल, ड्राई, आयली स्किनमा स्क्रब गरी डेड सेल्स निकाल्ने । यसरी ब्ल्याक हेड्स खुकुलो बनाइन्छ ।

मसाजिङः छालाको प्रकार तथा समस्या अनुसार अनुहारको प्रेयर पोइन्ट्स समेटेर अनुहारमा मसाज गर्नुपर्छ । यो प्रक्रिया १५ मिनेट देखि २५ मिनेट सम्म गर्न सकिन्छ ।

स्टिमः छालाको प्रकार हेरी स्टिम दिनुपर्छ । स्टिमबाट ‘ ब्ल्याक हेड्स निकाल्न सकिन्छ । फेसमा स्टिम इनडाइरेक्ट दिनुपर्छ । बेकिङ सोडामा टावेल भिजाएर अनुहारमा राखेर दिनपर्छ ।

रिमुमिङ ब्ल्याक हेड्सः अनुहारमा ब्ल्याक हेड्स भए स्टेरलाइज्ड कोमोडनको सहायताले हल्का प्रेसर दिई निकाल्नुपर्छ ।

टोनरको प्रयोगः म्पिलयुक्त अनुहारमा एस्ट्रिमाइज प्रयोग गर्नु उपयुक्त हुन्छ । आयली कम्बिनेसन स्किनमा केही मात्र अल्कोहल युक्त टोनरको प्रयाग गर्नुपर्छ । ड्राई तथा नर्मल स्किनमा अल्कोहलरहित टानर प्रयोग गर्नु उत्तर हुन्छ ।

फेसप्याकः फेसियलमा फेसप्याक महत्वपूर्ण विधि हो । यो प्रक्रियाले अनुहारमा छुट्टै अचम प्रदान गर्द । अनुहारको छालाको प्रकार तथा समस्या अनुसार फेसप्याक लेप अथावा मास्य प्रयोग गर्नुपर्छ ।

मस्वराइजिङः अनुहारको छालाको प्रकारअनुसार मस्चराइजिङ अथवा प्रोटेक्टिभ कस्मोटिक्स प्रयोग गर्नुपर्छ । यस्तो कस्मेटिक्स डे र नाइटका लागि फरक–फरक हुन्छ । एसपिएफ युक्त र एसपिएफ रहित पनि पाइन्छ ।

फेसियल गर्न बजारमा पाइने जुनसुकै प्रसाधन प्रयोग गर्नु हुँदैन । राम्रो र गुणस्तरीय ब्रान्ड मात्र छनोट गर्नुपर्छ । संवेदनशील छाला वा पिम्पलले बढी संक्रमण गरेको छालामा स्क्रबको प्रयोग गर्नु हुँदैन ।अनुहारमा २५ मिनेटभन्दा बढी मसाज गर्नु हुँदैन ।