२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्लू ओरिजिनले छ यात्रीलाई अन्तरिक्षको बाहिरी किनारमा उतार्यो



अ+ अ-

जेफ बेजोसको रकेट कम्पनी ब्लू ओरिजिनले आज एबीसीको ‘गुड मर्निङ अमेरिका’ का सह–एङ्कर माइकल स्ट्रहान र अन्य पाँच यात्रुलाई आफ्नो तेस्रो सफल मानव उडानमा शनिबार बाह्य अन्तरिक्षको किनारमा उतारेको छ । 

सबअर्बिटल उडान गर्ने यात्रुहरूमा अमेरिकी अन्तरिक्ष यात्री एलन शेपर्डकी जेठी छोरी लाउरा शेपर्ड चर्च्ली पनि रहेकी थिइन्। कम्पनीको ‘न्यू शेपर्ड’ रकेट शेपर्डको नाममा राखिएको छ, जो अन्तरिक्षमा उड्ने पहिलो अमेरिकी र चन्द्रमामा हिँड्ने पाँचौँ व्यक्ति हुन्। 

अन्य चार यात्रुमा उन्तरिक्ष उद्योगका कार्यकारी डिलन टेलर, लगानीकर्ता इभान डिक, बेस बेन्चर्सका संस्थापक लेन बेस र सामग्री निर्माता क्यामरन बेस रहेका छन् । उनीहरु ग्राहक यात्रुका रुपमा अन्तरिक्ष गएका हुन् । ब्लु ओरिजिनका अनुसार लेन र क्यामरन बेस अन्तरिक्षमा उड्ने पहिलो अभिभावक–बच्चा जोडी हुन् । 

न्यू शेपर्ड रकेटले बेजोसको स्वामित्वमा रहेको टेक्सासको भूमिको एक पार्सलमा अवस्थित लन्च साइट वनबाट उडान भरेको थियो । रकेटबाट अलग हुने प्रेसराइज्ड क्याप्सुलमा पृथ्वीमा तैरनुअघि छ जना अन्तरिक्ष पर्यटकले पृथ्वीभन्दा ६२ माइल उचाइमा केही मिनेटको तौलविहीनताको अनुभव गरेका थिए। यसलाई अन्तरिक्षाको किनारको रुपमा लिइन्छ । 

‘र, क्याप्सुल टचडाउन पृथ्वीमा तपाइँलाई स्वागत छ #NS19 का चालक दल । लाउरा, माइकल, इभान, डिलन, क्यामरन र लेन’, जब यात्रुहरु सुरक्षित फर्किए, ब्लु ओरिजिनले ट्विट गर्यो । ‘प्रक्षेपण साइट वनबाट कस्तो अचम्मको मिशन। आजको उडानलाई कार्यान्वयन र समर्थन गरेकामा सबै टिम ब्लूलाई बधाई छ’, कम्पनीले पनि ट्विट गरेको छ।

ब्लु ओरिजिले आफ्नो नयाँ प्रक्षेपणका लागि टिकटका बारेमा कुनै टिप्पणी गरेको छैन । कम्पनीको पहिलो मानव उडानका लागि न्यू शेपर्डको सिट जुनमा भएको लिलामीमा दुई करोड ८० लाख लिएको थियो । जब नयाँ यात्री रोस्टरको घोषणा भयो, शेपर्ड चर्च्लीले ब्लु ओरिजिन ट्विटर भिडियोमा ठट्टा गरे, ‘एक मूल शेपर्डले नयाँ शेपर्डमा उडान भर्दैछ ।’