१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर अगाडी चलेन मेयरको दादागिरी, देखाएरै छोडिन आफ्नो पावर



अ+ अ-

काठमाडौं । मध्यपुरथिमि नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको छ । जनप्रतिनिधि पार्टीगत आधारमा विभाजित हुँदा विवाद चुलिएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित मेयर मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर अन्जनादेवी मधिकर्मीसहित जनप्रतिनिधिका बीचमा विवाद चर्किएपछि नगरको विकास निर्माण र कार्यसम्पादन नै प्रभावित बनेको छ ।

नगरसभा र कार्यपालिकामा कांग्रेसको स्पष्ट बहुमत छ । अल्पमतमा रहेका मेयर श्रेष्ठले नगरसभा र कार्यपालिकामा छलफल नै नगरी एकलौटी काम गरेको उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको आरोप छ । विवादकै कारण फागुनदेखि नगरकार्यपालिकाको बैठकसमेत बसेको छैन । उपमेयर मधिकर्मीसहित बहुमत सदस्यको माग सम्बोधन गर्न बुधबारका लागि बोलाइएको विशेष नगरसभासमेत विवादित बनेको छ ।

मेयरले एकलौटी गरेको भन्दै उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले २० जेठमा विभिन्न एजेन्डासहितको ज्ञापनपत्र बुझाएर विशेष नगरसभाको माग गरे । बहुमत सदस्यले नगरसभा बोलाउन माग गरेपछि ३० दिनभित्र नगरसभा बोलाउनुपर्ने कानुनी प्रावधान छ । माग भएकोे ३०औँ दिन बुधबारका लागि मेयर श्रेष्ठको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत महेश बरालले नगरसभा बोलाए ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि दिउँसो दुईबजे उपमेयरसहित बहुमत सदस्यले नगरसभा चलाए । सभामा मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत बराल भने उपस्थित भएनन् । बुधबारको नगरसभामा कांग्रेसबाट निर्वाचित ३३ जना र स्वतन्त्रबाट निर्वाचित वडा नं। ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति सहभागी थिए ।

नगरसभाका निर्णय

मेयरले स्थगित गरेपछि उपमेयर मधिकर्मीको अध्यक्षतामा बसेको नगरसभाले एकीकृत सम्पत्ति कर खारेज गरी सम्पत्ति कर मात्रै लागू गर्ने, वार्षिक एक लाख रुपैयाँभन्दा कम रकम बहाल आम्दानी गर्ने र अन्य आय नभएकालाई बहाल कर नलिने, अपांग, विपन्न विद्यार्थी, छात्रवृत्ति, नागरिकता, आर्थिक अवस्था खुलाउने, नाबालक, घटना दर्ता, जाति प्रमाणित र स्वास्थ्य उपचार सिफारिसमा शुल्क नलिने निर्णय गरेको छ ।

बैठकले कमेरेटार जग्गा एकीकरण आयोजनामा मेयरले एकलौटी नियुक्त गरेका आयोजना प्रमुख सत्यसुन्दर श्रेष्ठलाई पदमुक्त गर्ने र कार्यपालिकाबाट निर्णय गरी प्रमुख नियुक्त गर्ने, मेयरले कार्यपालिकामा छलफल नगरी एकलौटी रूपमा स्वीकृत गरेका योजनाको छानबिन गर्नेलगायत निर्णयसमेत गरेको छ ।

उपमेयरको अध्यक्षतामा बसेको नगरसभा अवैधानिक : मेयर श्रेष्ठ

मेयर मदनसुन्दर श्रेष्ठले भने दुई पटकसम्म बैठकको समयतालिका स्थगित गरेर छलफल गर्दासमेत सहमति नभएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए । उनले कानुनी अधिकार प्रयोग गरेरै आफूले नगरसभा स्थगित गरेको र उपमेयरको अध्यक्षतामा बसेको नगरसभा अवैधानिक भएको बताए । मेयर श्रेष्ठको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत बरालले सूचना जारी गरेर प्रदेश ३ सरकारकोे नगरसभा सञ्चालनसम्बन्धी ऐनको दफा–१९ बमोजिम बैठक स्थगित गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।