४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

छानोविहीन घरमा रात बिताउँदै वृद्ध दम्पती

छानोविहीन घरमा रात बिताउँदै वृद्ध दम्पती
अ+ अ-

दमौली । ढुङ्गामाटोले बनेको घर । खरले छाएको छानो, तर अहिले घरमा त्यही खरको छानो पनि छैन । गत असारमा गएको पहिराले घर भत्किएको छ । छानो नभएको घरमा छन् एक वृद्ध दम्पती ।
 
कठ्याङ्ग्रिद्रो चिसोमा छानोविहीन घरमा बस्न बाध्य छन् म्याग्दे गाउँपालिका–५ झिरुवासका ७५ वर्षीय धनबल गुरुङ र उहाँकी श्रीमती । भत्किएको टहरो, च्यातिएको गुन्द्री र केही थान च्यातिएको कपडासहित धनबल दम्पती विगत छ महिनादेखि कष्टकर जीवनयापन गर्न बाध्य हुनुहुन्छ ।

चिसोयाम, घरमा खाने अन्न र रातमा सुत्ने ओछ्यान नहुँदा धनबल भने श्रीमती र छोराछोरीका साथ भत्किएको टहरो हेर्दै बस्न बाध्य हुनुहुन्छ । उमेरले नेटो काटिसकेको बुढ्यौली शरीर लिएर केही उपाय नलागेपछि उहाँहरु जोखिमयुक्त टहरामा रात कटाउन बाध्य हुनुहुन्छ ।

 चार छोरा र पाँच छोरीका बुबा धनबलका छोरा सवारी चालक भए तापनि आर्थिक अवस्था कमजोर भएपछि छानो फेर्न सक्नुभएको छैन । जसोतसो माइलो छोरा आफैले ऋण खोजेर साउदी गए पनि बाँकी दुई छोराको जिम्मेवारी धनबलकै काँधमा छ ।

सरकारले गरिब विपन्नका नाममा विभिन्न कार्यक्रम ल्याए पनि आफूहरुलाई कसैले नहेरेको उहाँको गुनासो छ । सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम स्थानीय तहमार्फत् सञ्चालन गर्दै आए पनि त्यो कार्यक्रम धनबलसम्म पुग्न सकेको छैन । “सुन्दा त सरकारले के के कार्यक्रम ल्याएको छ भन्छन्, तर हामी यसरी बसेको छ महिना बित्न लागिसक्यो”, उहाँले भन्नुभयो ।

गत असारमा पहिरो गए पनि कुनै राहत नपाएको उहाँको गुनासो छ । “खरको छानो भत्किएर घरको नाल र भाटा नै भाँचिएका छन्, अन्त जाने ठाउँ छैन जसोतसो यही बसेका छौ”, उहाँले भन्नुभयो, “कसैले सहयोग गर्दैनन्, कहाँ जानु र रु” सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तत्काल खरको, अथवा कच्ची छानो हटाएर रु ५० हजार बराबरको जस्ताको छानो छाउने कार्यक्रम सरकारले लागू गरे पनि उहाँ यसबारेमा अनभिज्ञ हुुनुहुन्छ ।

म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिवबहादुर आलेले पहिराले घर भत्किएपछि सुरक्षित स्थानमा सर्ने काम सम्बन्धित व्यक्तिको भएको प्रतिक्रिया दिनुभयो । “वडाध्यक्ष आफैले घर खोजेर राख्ने होइन, त्यो त सम्बन्धित व्यक्तिले गर्ने कुरा हो”, उहाँले भन्नुभयो । नागरिक आवास कार्यक्रमअन्तर्गत काम भइरहेको र त्यसले चाँडै पूर्णता पाउने उहाँले बताउनुभयो । (रासस)