१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्जेरियाका अन्तरिम राष्ट्रपतिको वार्ताका लागि आग्रह



अ+ अ-

अल्जियर्स । अल्जेरियाका अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसलाहले स्वतन्त्र व्यक्तिहरु रहेको समूहसँग सामयिक राजनीतिकको सहज निकासका सन्दर्भमा वार्ता गर्ने घोषणा गर्नुभएको छ । उक्त वार्तामा सरकार र सेनाका पदाधिकारीहरु रहने छैनन् ।

राष्ट्रपति बेनसलाहले टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा सबै राजनीतिक दल र विशिष्ट व्यक्तिहरुसँग परामर्श गर्नु परेको बताउनुभयो ।

उहाँले यो संवाद सबै राजनीतिक दल, नागरिक समाज संस्थाहरु, युनियन र गत फेब्रुअरीमा प्रदर्शनमा उत्रिएका जनसमुदायका प्रतिनिधिहरुसँग गरिने स्पष्ट गर्नुभयो ।

राष्ट्रपति बेनसलाहले यो संवादको नेतृत्व सबै पक्षबाट स्वीकार्य स्वतन्त्र एवं सम्मानित व्यक्तिहरुबाट हुनेछ भन्नुभयो । उहाँले संवादका लागि छानिएका व्यक्तिहरु कुनै राजनीतिक दल वा राजनीतिक स्वार्थप्ररित व्यक्तिहरु नहुने पनि बताउनुभयो ।

राष्ट्रपति बेनसलाहले संवादको मुख्य उद्देश्य नै स्वतन्त्र र निस्पक्षतापूर्वक राष्ट्रपतिको निर्वाचन गराउनु हो भन्नुभयो । यस संवादमा स्वतन्त्र निर्वाचन आयोगको गठनका साथै प्रभावकारी अनुगमनका विषयहरु पनि जोडिएको उहाँले बताउनुभयो ।

अल्जेरियामा गत फेब्रुअरी २२ देखि नै हरेक शुक्रबार स्वतन्त्र रुपमा जतिसक्दो चाँडो राष्ट्रपतिको निर्वाचन गर्न प्रदर्शन हुँदै आएका छन् । यही प्रदर्शनका क्रममा गत अप्रिल २ मा पूर्व राष्ट्रपति अब्देलाजीज बोउतेफ्लीकाले राजीनामा दिनुभएको थियो ।

हाल, प्रदर्शनकारीहरुले अन्तरिम राष्ट्रपति बेनसलाहमाथि पदत्याग गर्नुपर्ने दबाब दिइरहेका छन् । साथै उनीहरुले प्रधानमन्त्री नुरेद्दीन बेदोईले पनि राजीनामा गर्नुपर्ने माग गरिरहेका छन् । प्रधानमन्त्री नुरेद्दीन पूर्व राष्ट्रपति अब्देलाजीजकै शासनकालमा नियुक्त हुनुभएको थियो ।