२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान’ सुरु

‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान’ सुरु
अ अ+ अ-

काठमाडौँ । परिवर्तन नेपाल नामक सामाजिक संस्थाले  ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८’ आज शुभारम्भ गरेको छ । पौराणिक एवं ऐतिहासिक महत्वले भरिएका धरोहर, मठमन्दिर, पाटीपौवाजस्ता पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने उद्देश्यले महाअभियान सञ्चालन गर्न लागिएको हो ।

महाअभियानमा मौलिकतामाथि भइरहेको अतिक्रमण विरुद्ध देशभर चेतना फैलाउने कार्यक्रम छ । तीन वर्षसम्म चल्ने महाअभियानको नारा ‘हिमाल, पहाड, तराईको सम्पदा र संस्कृतिको नेपाली पहिचान, सांस्कृतिक अतिक्रमण विरुद्ध हाम्रो अभियान’ भन्ने रहेको छ ।

वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले उक्त कार्यक्रमको शुभारम्भ गर्दै नेपाली मौलिक संस्कार, संस्कृति, परम्परा र सम्पदाको जर्गेना गरी मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले आधुनिकताका नाममा पछिल्लो समय अमूर्त संस्कृति लोपोन्मुख बन्दै गएको अवस्थामा सञ्चालन गर्न लागिएको महाअभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभययो । वरिष्ठ कलाकार बसुन्धरा भुसालले विविध कला, संस्कृतिले भरिएको नेपाली समाजमा यस क्षेत्रले सबै नेपालीलाई एकताबद्ध गर्ने हुँदा यसको संरक्षणमा महाअभियानको लक्ष्य राम्रो रहेको बताउनुभयो ।

नेशनल डेल्फिक काउन्सिल नेपालका संयोजक बाबुराम अर्याल (श्रीदेव विएल) ले स्थानीय चाडपर्व, लोक संस्कृतिले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएकाले अन्तर्राष्ट्रिय तहमा नेपाली संस्कृति राष्ट्रको गौरब बढाएको बताउँदै यी संकृतिको संरक्षणमा हुन लागेको महाअभियानमा आफ्नो संस्थाले सहकार्य गर्ने बताउनुभयो ।

परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले मुलुकको अस्तित्वलाई जीवन्त राख्न कला संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउँदै सम्पदास्थल आसपास क्षेत्रमा हुने अतिक्रमणले सौन्दर्यमा कमि आउनका साथै ऐतिहासिक महत्व नाश हुने हुँदा कार्यक्रम गर्न लागिएको बताउनुभयो । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, कलाकार दीपाश्री निरौलालगायतले मुलुकमा सभ्य, सांस्कारिक समाज निर्माणका लागि पूर्वजले निर्माण गरिदिएको नेपाली संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)