१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा बल्नै छाडे ट्राफिक बत्ती, पैदल यात्रुलाई सास्ती



अ+ अ-

काठमाडौं । सरकारको बेवास्ताका कारण काठमाडौं उपत्यकाका ट्राफिक बत्ती वर्षौंदेखि नबली बेवारिसे अवस्थामा छन् । ट्राफिक बत्तीको मर्मत सम्भार तथा नयाँ बत्ती जडानमा सरकारले चासो र तत्परता नदेखाउँदा ट्राफिक व्यवस्थापनमा समेत दिन प्रतिदिन जटिलता थपिँदै गएको छ ।१२ लाख बढी सवारी गुडिरहने काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी हातकै इसारामा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् । ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिएको छ भने पैदल यात्रु र सवारी चालकले पनि अनावश्यक हैरानी खेप्नुपरेको छ ।

हाल काठमाडौं उपत्यकामा बेलाबखत ४/५ ठाउँमा मात्र बत्ती बल्ने गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त त उपत्यकामा बत्ती नै बल्न छाडेको बताउँछन् । उनले सम्बन्धित स्टेक होल्डरसँग समन्वय गर्ने, पत्राचार गर्ने र सुझाव दिने काम गरिरहे पनि ट्राफिक बत्तीको उचित व्यवस्थापन नभएको बताए ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले आठ मिटरभन्दा माथिको सडकमा सडक बत्ती बनाउने काम सडक विभागको भए पनि जिम्मेवारी पूरा नगरेको बताए ।

‘हामीले बनाउन अनुरोध गरेका हौं । विभाग बनाउँछौं, बत्ती हाल्छौं भन्छ तर अहिले पनि बनेन,’ उनले राजधानीसँग भने ।
उपत्यकाभित्र हाल बानेश्वर चोक, सल्लाघारी, गठ्ठाघर, जडीबुटी चोक र महाराजगन्ज चोकमा रहेका ट्राफिक लाइट बल्छन् तर तीमध्ये केही बल्दैनन् ।२०३७ सालमा जाइकाले उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । त्यसपछि केही वर्ष बत्ती बले पनि फेरि बत्ती बल्न बन्द हुन पुगेको हो ।

१ सय ३८ ठाउँमा आवश्यक : ट्राफिक प्रहरी
१० वर्षपछि ७ ठाउँमा बलेलगत्तै बिग्रिए

सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा काठमाडौं महानगरपालिकाको सक्रियतामा २०७४ चैत मा दशकपछि ११ ठाउँमा ट्राफिक बत्ती सञ्चालनमा आएको थियो । तर, केही दिन बित्न नपाउँदै अधिकांश ठाउँका बत्ती बल्न छाडेका थिए । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौं महानगरपालिका सुन्धारा र सोल्टिमोड चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । ती स्थानमा बत्ती नै बल्न छाडेका छन् ।
उपत्यकाभित्रका सवारीसाधन व्यवस्थापन गर्न कालीमाटी, थापाथली, माइतीघर, सिंहदरबार, पुतलीसडक, केशरमल, गौशला, कोटेश्वरलगायतका क्षेत्रमा ट्राफिक बत्ती जडान गरे पनि ती ठाउँमा बत्तीका पोल र नबल्ने बत्ती मात्र देख्न सकिन्छ ।

ट्राफिक जाम न्यूनीकरण गर्न उपत्यकाभित्र १ सय ३९ स्थानमा ट्राफिक बत्तीको आवश्यकता देखिएको महानगरीय ट्राफिक महाशाखा जनाएको छ । तर, हाल उपत्यकाका चोकमा ट्राफिक बत्ती नै बल्न छाडेको हो ।
सडक विभागले काठमाडौंमा बत्ती मर्मत तथा जडानको काम नगरेपछि काठमाडौं महानगरपालिका आफैंले पनि बनाउने तयारी सुरु गरेको छ । ‘हामीले विभागलाई जति भने पनि नभएपछि आगामी वर्षको नीति तथा कार्यक्रममा चोक चोकमा ट्राफिक बत्ती बाल्ने योजना ल्याएका छौं,’ प्रवक्ता डंगोलले भने ।

पैदल यात्री मर्कामा

काठमाडौं उपत्यकामा ट्राफिक बत्ती नहुँदा सवारी चालक र ट्राफिक प्रहरीलाई मात्र नभएर पैदल यात्रुले समेत सास्ती भोग्नुपरेको छ ।पैदल यात्रुले बत्ती अभावमा जेब्रा क्रसिङमा ज्यान नै खतरामा राखेर बाटो काट्न बाध्य छन् । बत्ती नभए पनि सवारी पनि नरोकिने हुँदा यात्रुको सुरक्षामा समेत खतरा हुने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा ३ सयको संख्यामा जेब्राक्रस छन् । तर, ट्राफिक बत्ती भने कहिले ३/४ ठाउँ त कहिले एक ठाउँमा मात्र बल्छन् । नयाँ बानेश्वर, महाराजगन्ज चोक र भक्तपुरको कौशलटार चोकको जेब्राक्रसमा बत्ती बल्ने गरेको छ । नयाँ बानेश्वर चोकको बत्ती अधिकांश समय बल्दैनन् । थापाथली, बानेश्वर, सिंहदरबार, पुतलीसडक, कुमारी बैंक, पद्मोदय मोड र माइतीघरको जेब्राक्रस बढी व्यस्त भए पनि त्यहाँका सडक बत्ती नै बल्दैनन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।