१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार



अ+ अ-

काठमाडौं । राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् ।

सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो । ‘समाचार आएपछि तत्काल दिल्लीस्थित दूतावाससँग समन्वय गर्‍यौँ र उनीहरू बन्धक बनाइएको ठाउँ यकिन गरेपछि सकुशल उद्धार सम्भव भएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले नयाँ पत्रिकासँग भनिन् ।

४५ किशोर अझै बन्धक, उजुरी नगर्न धम्की
दलाल रवि महतोले नै लगेका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ मिर्जापुरका १५ र भगवानपुर गाउँपालिकास्थित इनर्वा लालपुर गाउँका ३० किशोर अझै बन्धक बनाइएको फर्किएका पीडितले बनाएका छन् । उनीहरूका अनुसार आफूहरूलाई घर फर्काउनुअघि महतो नगर क्षेत्र पुगेका थिए । महतोले बाटो खर्च भन्दै पाँच–पाँच हजार दिएर लहान प्रहरीमा आफूविरुद्ध परेको उजुरी फिर्ता लिन बाबुआमालाई सम्झाउनु भन्दै धम्क्याएको विजय सदायले बताए । ‘उजुरी फर्ता लिए नौ महिनासम्म काम गरेको रकम दिन्छु, अन्यथा तिमीहरूलाई जे पनि गर्न सक्छु भन्दै धम्क्याएका छन्,’ उनले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।