१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ निजी कम्पनीको भूक्तानीजन्य ऋण ५.८ प्रतिशत



अ+ अ-

बेइजिङ । चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५.९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ ।

चीनको बैंकिङ तथा विमा नियमक आयोग (सीबीआईआरसी) का अधिकारी याङ लिपिङले भन्नुभयो, “चीनको निजी कम्पनीहरूको पहिलो पाँच महिनाको ऋण देशको कर्पोरेट ऋणको कुल ५१.४८ प्रतिशत देखिएको छ ।”

अधिकारीसँगको कुराकानीमा निजी व्यवसाय (खासगरी साना व्यवसाय), जसको भूमिका राज्यको अर्थतन्त्र वृद्धिमा सहयोगी रहने गर्छ, को ऋण वृद्धिदर पछिल्ला बर्षहरूमा बढेको छ यद्यपि ऋण लिने क्रममा भने कमी आएको छ ।

चीनले सन् २०१९ को पहिलो पाँच महिनाका लागि निजी कम्पनीबाट लिने ब्याजदर ५.९८ प्रतिशत रहेको थियो । यो सन् २०१८ को ब्याजदर भन्दा ०.९२ प्रतिशतले कमी हो । यस बर्ष साना तथा अतिसाना व्यवसायले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको दर ६.८९ प्रतिशत कायम रहेको र यो अघिल्लो बर्षको तुुलनामा ०.५ प्रतिशत अङ्कले कमी हो ।

चीनले साना तथा मझौला व्यवसायको गुणात्मक प्रगतिका लागि प्रभावकारी वित्तीय सेवाहरूलाई सञ्चालन गरिरहेको केही समय पहिले सरकारद्वारा जारी गरेको ह्वाइट पेपरमा जारी चीनको वित्तीय नीतिमा उल्लेख गरिएको थियो ।