७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ निजी कम्पनीको भूक्तानीजन्य ऋण ५.८ प्रतिशत



अ+ अ-

बेइजिङ । चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५.९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ ।

चीनको बैंकिङ तथा विमा नियमक आयोग (सीबीआईआरसी) का अधिकारी याङ लिपिङले भन्नुभयो, “चीनको निजी कम्पनीहरूको पहिलो पाँच महिनाको ऋण देशको कर्पोरेट ऋणको कुल ५१.४८ प्रतिशत देखिएको छ ।”

अधिकारीसँगको कुराकानीमा निजी व्यवसाय (खासगरी साना व्यवसाय), जसको भूमिका राज्यको अर्थतन्त्र वृद्धिमा सहयोगी रहने गर्छ, को ऋण वृद्धिदर पछिल्ला बर्षहरूमा बढेको छ यद्यपि ऋण लिने क्रममा भने कमी आएको छ ।

चीनले सन् २०१९ को पहिलो पाँच महिनाका लागि निजी कम्पनीबाट लिने ब्याजदर ५.९८ प्रतिशत रहेको थियो । यो सन् २०१८ को ब्याजदर भन्दा ०.९२ प्रतिशतले कमी हो । यस बर्ष साना तथा अतिसाना व्यवसायले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको दर ६.८९ प्रतिशत कायम रहेको र यो अघिल्लो बर्षको तुुलनामा ०.५ प्रतिशत अङ्कले कमी हो ।

चीनले साना तथा मझौला व्यवसायको गुणात्मक प्रगतिका लागि प्रभावकारी वित्तीय सेवाहरूलाई सञ्चालन गरिरहेको केही समय पहिले सरकारद्वारा जारी गरेको ह्वाइट पेपरमा जारी चीनको वित्तीय नीतिमा उल्लेख गरिएको थियो ।