१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसै कारण अर्जेन्टिना यो भ्रष्टाचारको हिस्सा बन्दैन : मेस्सी



अ+ अ-

काठमाडौं । कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएको तनावपूर्र्ण खेलमा अर्जेन्टिनाले चिलीलाई हरायो र कोपा अमेरिका फुटबलमा तेस्रो भयो ।

आइतबार विहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलमा अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ३७ औं मिनेटमा अर्जेन्टिनालाई नराम्रो झड्का लाग्यो, जब मेस्सीले रातो कार्ड पाए । उनीसँगै चिलीका ग्यारी मेडलले रातो कार्ड पाएका थिए ।यो उनको करियरकै दोस्रो रातो कार्ड हो ।खेलपछि रातो कार्ड पाएका लियोनल मेस्सीले प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएका छन् । मेस्सी पदक लगाउन पनि मैदानमा गएनन् ।

उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताए। ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने ।‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु,’ उनले भने ।

रातो कार्डको सम्बन्धमा मेस्सीले ब्राजिलका बारेमा केही बोलेका कारण आज त्यसको प्रतिशोध लिएको प्रतिक्रिया दिए ।‘पछिल्लो पटक ब्राजिलको विरुद्ध जे भनेँ, त्यसको प्रतिशोध लिएका हुन् । त्यो घटनामा पहेँलो कार्ड पर्याप्त थियो ।’

उनले भनेका छन्, ‘हामी यो कोपा अमेरिका कपको दौरानमा भएको भ्रष्टाचारको हिस्सा बन्न चाहन्दैनौं ।’

भ्रष्टाचार भएको भन्दै उनले मेडल पनि लिएनन् । उनले भने, ‘ ग्यारी मेडलले सीमा नाघिसकेका थिए । रेफ्रीले यस्तो निर्णय गर्छ भन्ने लागेको थिएन । भीआर हेर्नुपर्थ्यो ।’

यो संस्करणमा सुरुदेखि नै प्रतियोगिता व्यवस्थापनको आलोचना गर्दै आएका उनले ब्राजिललाई विजेता बनाउन सबै काम भएको दाबी गर्दै आएका छन् । ब्राजिलसँग सेमिफाइनलमा हारेपछि अर्जेन्टिनाले रेफ्रिविरुद्ध उजुरीसमेत दिएको छ ।

मेस्सी कोपा अमेरिका जित्न चाहन्थे तर, सेमिफाइनलमा ब्राजिल बाधक बन्यो । चेलीलाई हराउँदै अर्जेन्टिना तेस्रो त भयो तर, मेस्सीले रातो कार्डसँगै प्रतियोगिता अन्त्य गरे । मेस्सीका लागि यो प्रतियोगिता निकै खल्लो भयो । प्रतियोगितामा उनले एक गोल पनि गर्न सकेनन् ।