२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

बालुवाटार स्रोत भन्छ– ५६ प्रतिशत मत ल्याएर पहिलो चरणमै जितिन्छ

बालुवाटार स्रोत भन्छ– ५६ प्रतिशत मत ल्याएर पहिलो चरणमै जितिन्छ
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन जारी रहेको छ । आज राति १२ बजेसम्म अन्तिम नामावली प्रकाशन हुन लागेको छ भने अरु निर्वाचनको प्रक्रिया पनि पूरा भएको छ । 

यसै सिलसिलामा सभापतिमा कसले बाजी मार्छ भन्ने कुराले धेरै चर्चा पाएको छ । त्यसमा आ–आफ्नै दाबी रहेका छन् । 

यसैबीच प्राप्त एक सूचनाअनुसार देउवा पक्षले भने पहिल्यै चरणमा जित्ने निष्कर्ष निकालेको छ । देउवा पक्षका देशभरिका महाधिवेशन प्रतिनिधिहरुको आंकलन सरकारी सूचनाका आधारमा गरिएको पाइएको छ । 

सभापति शेरबहादुर देउवाको पक्षका प्रतिनिधिहरु आफै ५१ प्रतिशत रहेका र त्यसमा कृष्ण सिटौलाका प्रतिनिधिहरु ५ प्रतिशत रहेका बताइएको छ । गृहमन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समेत काँग्रेसको क्षेत्रीय प्रतिनिधिहरुको निर्वाचनदेखि अनुसन्धान गरिएको र त्यसका आधारमा आएको परिणाममा यस्तो देखिएको देउवा पक्षका एकजना नेताले बताए । 

उनका अनुसार प्रधानमन्त्री देउवा र कृष्ण सिटौलाका प्रतिनिधिहरुको सहभागितामा पहिल्यै चरणमा नै निर्वाचन जित्नेगरी तयारी भएको छ र यसैका आधारमा सिटौलाले पनि देउवासँग गठबन्धन गरेका हुन् । 

यता शेखर कोइराला र प्रकाशमान सिंहले पदाधिकारी तथा केन्द्रीय सदस्य समेत राख्ने नेताहरु नपाइरहेका बेला उता देउवाका पक्षका भने दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नं २ बाट नै दुई सदस्य आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै अरु पदाधिकारीहरुको अवस्था पनि निकै बलियो रहेको छ । 

महामन्त्रीमा डा प्रकाशशरण महत र सोही प्यानलमा रहेका प्रदीप पौडेल बलिया छन् भने उता कांग्रेसका लोकप्रिय नेता गगन थापालाई पनि गाह्रो पर्ने अवस्था देखिएको विश्लेषकहरुको भनाई छ ।

ती विश्लेषकका अनुसार देउवाले पहिल्यै चरणमा निर्वाचन जित्ने भएपछि आइतबार अपरान्हदेखि सभापतिका उम्मेदबार शेखर कोइराला देउवामाथि खनिएका छन् । उनले कतिबेला आफ्नो घरमा देउवाले गुप्तचर पठाएको भन्ने गरेका छन् भने कतिबेला रामचन्द्र पौडेलको पनि आफूलाई सहयोग रहेको बताएका छन् ।