२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

पिपलबोट सहकारी थप विस्तार हुँदै, अभिवादन सहकारीसँग मर्ज हुने

पिपलबोट सहकारी थप विस्तार हुँदै, अभिवादन सहकारीसँग मर्ज हुने
अ अ+ अ-

मगरगाउँ (ललितपुर) : ललितपुर महानगरपालिका वडा नं. १८ को मगरगाउँमा संचालन भइरहेको पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था र ललितपुरमै सेवारत अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण (मर्ज) हुने भएको छ ।

पिपलबोट सहकारीको १४औं साधारण सभाले मर्जर प्रक्रियालाई अनुमोदन गरेको छ । अब दुबै संस्थाले चाँडै आवश्यक प्रक्रिया पूरा गरी एकीकृत कारोबार थालनी गर्ने पिपलबोट सहकारीका अध्यक्ष दिनेश थापाले साधारणसभामा बताउनु भएको छ ।

मगरगाउँ र आसपासका क्षेत्रमा निकै लोकप्रिय पिपलबोट सहकारीका सेवाग्राहीले मर्जर पछि ललितपुरका विभिन्न भागबाट रकम बचत गर्न र झिक्न सक्ने सुविधा प्राप्त गर्ने श्री थापाले जानकारी गराउनुभयो ।

साधारण सभामा अध्यक्ष थापाले पेश गर्नु भएको आगामी नीति तथा कार्यक्रममा संस्थाले शेयर पूँजी, बचत, लगानी, सदस्यता र समग्र कारोबार वृद्धि गर्ने तथा सदस्यता वृद्धिको योजनालाई अगाडि बढाइने उल्लेख छ ।

संस्थाको आर्थिक वर्ष २०७७–७८ असार मसान्तसम्म शेयर पुँजीमा १३.८१ प्रतिशत वृद्धि भई रु. ७५ लाख ७४ हजार ३०० पुगेको छ । यसैगरी संस्थाले सोही अवधिमा पाँच करोड ४५ लाख ७१ हजार कर्जा लगानी गर्न सफल भएको छ ।

यस्तै,  आर्थिक वर्ष २०७७–७८ असार मसान्तसम्म संस्थामा २० लाख ३२ हजार नगद मौज्दात तथा ९३ लाख ७८ हजार बैंक मौज्दात रहेको संस्थाले जनाएको छ ।

संस्थाका सदस्यहरुको सुविधाका लागि रेमिट्यान्स सब एजेन्ट भई संचालित विभिन्न रेमिट्यान्स सुविधाहरुलाई थप गरी विप्रेषण सुविधा दिने योजना पनि संस्थाले राखेको छ । शेयर सदस्यहरु बिरामी भई अस्पताल भर्ना भई उपचार गराउनु परेको अवस्थामा रोगको प्रकृति हेरी राहत दिने तथा बिमा सुविधाहरु उपलब्ध गराउने कार्यलाई संस्थाले अगाडि बढाएको छ ।

साधारण सभामा सञ्चालक समितिका सदस्य शंकर थापा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सुदर्शन थापाले गर्नु भएको थियो । बहुउद्देश्यीय सहकारी संघ ललितपुरका उपाध्यक्ष किशोर महर्जनको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।