७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा सैनिक पठाउने कुनै योजना छैन : जर्मनी



अ+ अ-

बर्लिन । जर्मनीले सिरियामा सैनिक पठाउने आफ्नो कुनै योजना नरहेको स्पष्ट गरेको छ । सिरियामा सक्रिय इस्लामिक स्टेट समूह विरुद्धको सैनिक कारबाहीमा सघाउन अमेरिकाले केही दिनअघि जर्मनीलाई अनुरोध गरेको थियो ।

जर्मन सरकारका प्रवक्ता स्टिफेन साइबर्टले इस्लामिक स्टेट समूह विरुद्धको वृहद् गठबन्धनमा जर्मनी सहभागी रहेको र त्यसलाई निरन्तरता दिइने बताउँदै प्रत्यक्ष सैन्य परिचालन नगरिने स्पष्ट गर्नुभयो ।

सिरियासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले जर्मनीका सञ्चार माध्यमलाई आइतबार प्रतिक्रिया दिँदै उत्तरी सिरियामा जर्मनीले आफ्ना सेना तैनाथ गरोस् भन्ने अमेरिकी चाहना रहेको बताउनुभएको थियो ।

सिरियाका बारेमा वार्ता गर्न बर्लिन पुग्नुभएका जेफ्रीले सेना परिचालनका बारेमा जर्मनीले यसै महिनाभित्र स्पष्ट जवाफ दिने विश्वास व्यक्त गर्नुभयो ।

गठबन्धनका तर्फबाट जर्मनीको सिरियामा संलग्नता आगामी अक्टोबर ३१ मा सकिँदैछ । उक्त मितिपछिका सम्बन्धमा जर्मनीको संलग्नताका बारेमा संसदले निर्णय गर्नुपर्नेछ ।