७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदरमुकाममै छाउगोठ



अ+ अ-

डढेल्धुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ (महीनावारी भएको बेलामा सुत्ने ठाउँ) भेटिएको छ । बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी गोठ भेटिएका हुन् ।

विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने यो टोलमा उनीहरुले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन् । धेरैजसो उपल्लो समुदायका महिलाहरूले महीनावारी भएका बेला घरमा राखे देवीदेउता रिसाएर अनिष्ट हुने भन्दै छोरीबुहारीलाई बस्न अलग्गै छाउपडी गोठ बनाइएको बताएका छन् ।

असुरक्षित रहेका यी छाउगोठमा महीनावारी भएका महिलालाई ५÷६ दिनसम्म राख्ने गरिन्छ । नगरपालिका सदरमुकाममा रहेको बजार छेउमै कुरीतिका रूपमा रहेको छाउगोठ भेटिएपछि महिला अधिकारकर्मीले आश्चर्य व्यक्त गरेका छन् । एक्काइसौँ शताब्दीमा पनि सदरमुकाम नजिकैका अधिकांश गाउँमा अझै महिलालाई महीनावरी भएको बेला छाउगोठमा राखेर पशुसरह व्यवहार गरिएको महिला अधिकारकर्मीको गुनासो छ । डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलङ्गा, कीर्तिपुर र पोखरा बजारका क्षेत्रमा महीनावारी भएका बेला बस्ने कोठा अथवा छाउगोठ कायमै रहैको महिला अधिकारकर्मी इन्दिरा ताम्राकारले बताउनुभयो ।

डडेल्धुरा नेपाली काग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको गृह जिल्ला हो ।