१९ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी ‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नयाँ नेपाल’ निर्माणमा भारतको सहयोग



अ+ अ-

काठमाडौं । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले सोमबार आयोजित दुई मुलुकका कूटनीतिज्ञ तथा व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि भारतको सहयोग आवश्यक रहेको धारणा प्रकट गरे ।

‘नेपालमा सशस्त्र विद्रोह र अस्थिरताको युग समाप्त भएर स्थायी सरकार गठन भएको अवस्था छ, समावेशी लोकतान्त्रिक अभ्यासमा लागेको नेपाललाई समृद्ध बनाउन छिमेकी भारतको सहयोग आवश्यक छ’ राजदूत आचार्यले बताए । यसका लागि ‘रोडम्याप’ तयार पारेर भारतबाट अटुट सहयोगका लागि पूर्ण विश्वासको वातावरण तयार पार्नुपर्ने उनको धारणा थियो ।

भारतस्थित नेपाल राजदूतावास र नेपाल उद्योग संघ (सीएनआई) को सहयोगमा भारत–नेपाल केन्द्रले आयोजना गरेको भेलामा राजदूत आचार्यले सो विचार प्रकट गरेका हुन् ।

राजदूत आचार्यले नेपाल–भारतीबीचको सांस्कृतिक तथा परम्परागत सम्बन्धलाई अघि बढाउन र असन्तुलित व्यापारमा सुधार ल्याउन जलस्रोत, कृषि, औषधिविज्ञान, शिक्षा र सीप प्रवद्र्धक उद्योगमा भारतले नेपाललाई सघाएमा नयाँ नेपाल बनाउने पक्षमा योगदान पुग्ने धारणा राखे ।

आर्थिक सम्बन्ध सुदृढ बनाउन दुवै देशका साना उद्योगहरुबीच सहकार्य र समन्वयको वातावरण बन्नुपर्ने धारणा पनि भेलाका सहभागीहरुले उठाएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।