१९ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटना, १७ जना घाइते राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादी परीक्षण रोक्ने भारतको पत्र मलाई थाहै भएन : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले भारतबाट आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको दाबी गरेका छन् । नेपाल टेलिभिजनबाट प्रसारित ‘जनता सँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो ।’ भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको उनको भनाइ थियो ।प्रधानमन्त्रीको हैसियतमा आफूले त्यसबारे जानकारी पाउनुपर्नेमा कर्मचारी पंक्तिले भ्रममा राखेको हुनसक्ने ओलीको आशंका छ । ‘जानेर या नजानेर दुवै कारणले कर्मचारी पंक्तिबाट यस्तो भएको हुनसक्छ ।

र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस् मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपथ्र्यो ।’राजपत्रमा सूचना प्रकाशित गरी सरकारले खासगरी भारतबाट आयातीत तरकारी र फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्राउन सुरु गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ ग‍रेपछि । भारतले पत्र पठाएरै र कर्मचारीहरुलाई भेटेर विषादी परीक्षण नगर्न दबाव दिएको थियो । त्यससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री ओलीले भारतबाट कुनै प्रकारको दबाव नआएको बरु विषादी परीक्षण गर्ने प्रयोगशाला नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

त्रिभुवन विश्वविद्यालयमा एकै वर्षमा ७० हजार जनशक्ति उत्पादन गरेका छन् । त्रिविका त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक दिवसको अवसरमा आयोजित त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ग्रेस लिस्ट पारित गरेको हो । त्रिविका पाँचवटा अध्ययन संस्थानबाट ११ हजार ९ सय १२ जना र चारवटा संकायबाट ५८ हजार १ सय ६५ विद्यार्थी उत्तीर्ण भएका छन् । व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८, शिक्षाशास्त्र संकायबाट २० हजार ६, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १३ हजार ६ सय ९५ र कानुन संकायबाट १ हजार ६ सय ६६ उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ४ सय ५२, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ९ सय ७२, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ७ सय १९, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट ५ सय ५ र वन विज्ञान अध्ययन संस्थानबाट २ सय ६४ उत्तीर्ण भएका हुन् । १ असार ०७५ देखि ०७६ जेठ मसान्तसम्म विभिन्न तहमा उत्तीर्ण भई ट्रान्सक्रिप्ट पाएका विद्यार्थीको ग्रेस लिस्ट पारित भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।