काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेयर बजार घट्दा अर्थमन्त्रीलाई दोष मात्रै लगाइएको उल्लेख गरे ।
“एउटा समूह कुनामा बसेर अर्थमन्त्रीले सेयर बजार घटायो भनेर भ्रम छर्ने काम गरिरहेका छन्, यस्ता भ्रम छरेर ठग्लान जोगिनुहोला ।’ उनले भने
कोरोनाको बीमा गराएर देश उत्कृष्ट मुलुक बनेको उनको दाबी छ ।






