१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस युनिभर्सको ताज भारतकी हरनाज सान्धुलाई



अ+ अ-

एजेन्सी । मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरी हरनाज सान्धुले जितेकी छन् । ७० औँ मिस युनिभर्समा भारतका लागि २१ वर्षपछि सान्धुले ताज जिताएकी हुन् ।

मोडलिङसँगै प्रशासनमा स्नातकोत्तर गरिरहेकी सान्धुले ताज पहिरिएपछि सबैलाई धन्यवाद दिएकी छन् ।  ‘म परमात्मा, मेरो बुबाआमा र मिस इन्डिया संगठनप्रति आभारी छु,  जसले मेरो लागि प्रार्थना गर्नुभयो सबैलाई माया,’ उनले भनेकी छन् ।

यसअघि सन् २००० मा भारतीय अभिनेत्री लारा दत्ताले यो ताज जितेकी थिइन् । इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्वमिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिएकी थिइन् । 

हरनाजले सन् २०२१ को अक्टोबरमा ‘मिस युनिभर्स इन्डिया’ को ताज जितेकी हुन् । उनी थुप्रै सुन्दरी प्रतियोगिता पनि जित्न सफल छिन् ।