२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस युनिभर्सको ताज भारतकी हरनाज सान्धुलाई



अ+ अ-

एजेन्सी । मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरी हरनाज सान्धुले जितेकी छन् । ७० औँ मिस युनिभर्समा भारतका लागि २१ वर्षपछि सान्धुले ताज जिताएकी हुन् ।

मोडलिङसँगै प्रशासनमा स्नातकोत्तर गरिरहेकी सान्धुले ताज पहिरिएपछि सबैलाई धन्यवाद दिएकी छन् ।  ‘म परमात्मा, मेरो बुबाआमा र मिस इन्डिया संगठनप्रति आभारी छु,  जसले मेरो लागि प्रार्थना गर्नुभयो सबैलाई माया,’ उनले भनेकी छन् ।

यसअघि सन् २००० मा भारतीय अभिनेत्री लारा दत्ताले यो ताज जितेकी थिइन् । इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्वमिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिएकी थिइन् । 

हरनाजले सन् २०२१ को अक्टोबरमा ‘मिस युनिभर्स इन्डिया’ को ताज जितेकी हुन् । उनी थुप्रै सुन्दरी प्रतियोगिता पनि जित्न सफल छिन् ।