२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस युनिभर्सको ताज मिस इन्डियालाई



अ+ अ-

इजराइल । मिस इन्डिया हरनाज सन्धुले यस वर्षको मिस युनिभर्स जितेकी छिन् । आइतबार २१ वर्षीय सन्धुले मिस युनिभर्स २०२१ का लागि विभिन्न मुलुक र क्षेत्रका ७९ प्रतिस्पर्धीलाई पराजित गरिन् । प्रतियोगितामा मिस पाराग्वे नादिया फरेरा फस्र्ट रनरअप र मिस दक्षिण अफ्रिका लालेवा मसवाने सेकेन्ड रनरअप भइन् । 

सन्धुलाई उनका पूर्ववर्ती मिस युनिभर्स २०२० एन्ड्रिया मेजाले इजराइलको इलियटमा ताज पहिराइदिइन् । महिला सशक्तिकरणका लागि बलियो पैरवी गर्ने सन्धु प्रियङ्का चोपडाबाट प्रेरणा लिने कलाकार हुन् । फुर्सदको समयमा उनी योग, नृत्य, खाना पकाउने, घोडचढी र चेस खेल्न मन पराउँछिन् । 

विजयी घोणणा गर्नुअघि स्टिभ हार्वेद्वारा आयोजना गरिएको ७० औँ वार्षिक मिस युनिभर्स प्रतियोगितामा स्विमसुट र साँझको गाउनको चरणका साथै प्रत्येक प्रतियोगीका लागि अन्तरवार्ताको भाग पनि राखिएको थियो । 

इजराइली गायक तथा अन्तर्राष्ट्रिय पप स्टार नोआ किरेलले पनि प्रतियोगितामा प्रस्तुति दिएका थिए जसमा इजारइलको मूल्यमान्यतासँग मेल खाने हरित एजेन्डाको भागका रुपमा जलवायु सङ्कटमा ध्यान केन्द्रीत गरिएको थियो ।  

यो प्रतियोगितामा युनाइटेड अरब इमिरेट्सबाट कुनै प्रतिनिधिले प्रतिस्पर्धा गरेको पहिलो हो । साथै चार दशकमा मिस युनिभर्सको अर्को प्रतियोगिता पुनः मोरक्कोमा आयोजना हुन गइरहेकाले पनि यस प्रतियोगितालाई ऐतिहासिक मानिएको थियो । २७ वर्षीया मेजाले २०२० मे महिनामा गत वर्षको ताज हासिल गरेको सात महिनापछि मिस युनिभर्स २०२१ आयोजना गरिएको थियो ।