१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारी बोकेका गाडी नाकामै



अ+ अ-

भैरहवा । भारतबाट आयात भएका तरकारी र फलफूल बोकेका ट्रक सीमा नाकामा रोकिएका छन्। तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि मालवाहक गाडी सीमामा रोकिएका हुन्।

सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विषादी परीक्षण नभएका तरकारी र फलफूलका गाडी नाकामा रोकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले बताए।

सर्वोच्चका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार मन्त्रिरिषद्को असार १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो।

‘सर्वोच्चको आदेशपछि भन्सार विभागको तत्कालको मौखिक निर्देशनमा विषादी परीक्षण विना तरकारी र फलफूलका गाडी छाडेका छैनौं’, पौडेलले भने।

उनले विषादी परीक्षण नभएकाले बिहीबार भारतबाट आएको कुनै पनि तरकारी र फलफूलका गाडी नछाडिएको जानकारी दिए। भारतबाट भैरहवा नाका हुँदै दैनिक ५०/६० ट्रक तरकारी र फलफूल भित्रिन्छन्।

उनले अब भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेर विषादी नभएको तरकारी र फलफूल मात्रै बजारमा पर्‍याइने बताए। तरकारी र फलफूलमा विषादी परीक्षणका लागि यसअघि यहाँबाट नमुना संकलन गरेर काठमाडौं पठाइन्थ्यो।

यसले गर्दा व्यवसायीलाई समस्या परेको थियो। अब भने बुटवलमै परीक्षण गर्न सकिनेछ। दुई दिनअघि मात्रै बुटवलको विषादी द्रुत विश्लेषण प्रयोगशालामा कर्मचारी खटिएका छन्। ‘बुटवलमा विषादी जाँच गर्ने प्रयोगशाला सञ्चालनमा आएको छ’, पौडेलले भने, ‘प्रयोगशाला सञ्चालनमा आएको हो भने विषादी परीक्षणका लागि बुटवलमा पठाउनेछौं नभए काठमाडौं नै पठाउँछौं।’

बुटवलमा प्रयोगशाला भएपछि भैरहवा हुँदै आउने तरकारी तथा फलफूलका गाडी धेरै दिन नाकामा रोकिने छैनन्। यसअघि काठमाण्डौंमा पुर्‍याउँदा तीन(चार दिन लाग्ने गरेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।